समाचार सारांश
- बाँके–२ का नेपाली कांग्रेस उम्मेदवार शुधान्सु कोइरालाले घरदैलो अभियान तीव्र बनाएका छन् ।
- उनले डुडुवा–२ का बेतहनी, नौरीगौढी र बाणी गाउँमा मतदातासँग भेटघाट गर्दै स्थानीय समस्या सुने ।
- निर्वाचित भएमा नाला, बाटो, खानेपानी, सिँचाइ र सामाजिक सुरक्षा जस्ता समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।

डुडुवा (बाँके) : बाँके निर्वाचन क्षेत्र नम्बर–२ का नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले मतदातासंग भेटघाट तथा घरदैलो अभियान तीब्र बनाएका छन् । उनले निर्वाचन क्षेत्र अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका विभिन्न गाउँ–टोलका मतदाताहरुसंग भेट्न घरदैलो गरि रहेका छन् ।
उम्मेदवार कोइरालाले आज (विहीबार) डुडुवा गाउँपलिकाको वडा नम्बर २ को बेतहनी, नौरीगौढी र बाणी गाउँका मतदाताहरुसंग भेटघाट गरेका छन् । भेटघाटका क्रममा स्थानीयले गाउँघरका समस्याका बारेमा कुरा सुनाउँदै समाधानका लागि पहल गर्न अनुरोध गरेका छन् ।

उनीहरुले गाउँघरमा नाला निर्माण, सांगुरो बाटो निर्माण, खानेपानी धारा, माटो पटान, कृषि सिंचाईको व्यवस्था, मलखादको सहज आपूर्ति, घरमै सामाजिक सुरक्षा भत्ताको वितरण लगायतका सवाल उठाएका थिए ।
नागरिकका समस्या सुन्दै उम्मेदवार कोइरालाले आफू निर्वाचित भएमा वास्तविक समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता गरे ।


