२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

कांग्रेस उम्मेदवार काईराला नेपालगञ्जको फुलटेक्रा क्षेत्रमा घरदैलोमा



नेपालगञ्ज :  बाँके क्षेत्र नं. २ अन्तरगत नेपालगञ्ज–६ मा नेपाली कांग्रेसका उम्मेदवार सुधांशु कोइरालाले बुधबार मतदाताका घरदैलो पुगेर मत मागेका छन् ।

कोइरालाले मतदाता समक्ष पुगेर कांग्रेसले जन भावनालाई संबोधन गर्ने बताउदै आफुलाई मतदान गरी प्रतिनिधि सभामा पुराउन अनुरोध गरेका हुन् ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपुर्ण योगदान गरेको कोइराला परिवारका पछिल्लो पुस्ता हुन उम्मेदवार कोइराला । उनले आफुले मतदाताको भावना बुझ्दै जनकार्यमा विश्वास गर्ने पार्टी नेपाली काँग्रेस मात्र भएकोले आफुलाई मतदान गर्न अनुरोध गरे ।

नेपाली कांग्रेसका नेता कार्यकर्ता सहित घरदैलौमा पुगेका उम्मेदवार काईरालाले नेपालगञ्जका विभन्न स्थानमा मतदाताका घरदैलोमा पुगेर उनीहरुको सुझाव संकलन गर्नुका साथै आफ्ना पक्षमा मतसमेत मागेका थिए ।

प्रकाशित मिति : २०८२ फागुन ६ गते बुधबार
ताजा समाचार