समुदायगत विविधतालाई नै क्षेत्रको सबैभन्दा ठूलो शक्ति हो : एमाले उम्मेदवार राई

सदरलाइन संवाददाता ११ फाल्गुन २०८२, सोमबार १९:३७
 
समाचार सारांश
Generated Using AI
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार मोहम्मद इस्तियाक राईले बाँके–२ मा विविधतालाई शक्ति मान्दै विकास र एकताको पक्षमा मत आफूलाई मागेका छन्।
  • उनले नेपालगञ्ज र डुडुवामा पूर्वाधार विकास, रोजगारी र नीतिगत सुधारमार्फत समृद्धि ल्याउने प्रतिबद्धता जनाएका छन्।
  • निर्वाचनलाई विकास र सद्भावको पक्षमा हुने वैचारिक लडाइँ भन्दै मतदातालाई सचेत र विवेकपूर्ण निर्णय लिन आग्रह गरेका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : बाँके निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभा सदस्यका लागि एमालेका उम्मेदवार मोहम्मद इस्तियाक राईले समुदायगत विविधतालाई नै क्षेत्रको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै विकास, एकता र राजनीतिक सशक्तिकरणको पक्षमा मतदातासँग अपिल गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट उम्मेदवार भएका राईले नेपालगञ्ज र डुडुवाको सामाजिक संरचना बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक भए पनि त्यही विविधताभित्रको एकताले क्षेत्रलाई बाँधेर राखेको बताए । उनले भने ‘खुसहाल जीवनको साझा चाहनाले हामीलाई जोडेको छ, अब यही भावनालाई नीतिगत सुधार र तीव्र विकाससँग जोड्नुपर्ने समय आएको छ ।’

उम्मेदवार राईले विशेषगरी नेपालगञ्ज र डुडुवा गाउँपालिकामा पूर्वाधार विकास, आर्थिक गतिविधि विस्तार, रोजगारी सृजना र कानुनी तथा नीतिगत सुधारमार्फत समृद्धिको यात्रा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । उनले क्षेत्रको राजनीति सशक्त र प्रभावशाली हुँदा मात्र केन्द्रीय तहमा पहुँच बलियो हुने र त्यसबाट ठोस उपलब्धि हासिल गर्न सकिने धारणा राखे ।

उनले विगतमा केन्द्रीय सत्तामा यहाँका प्रतिनिधिको प्रभाव र पहुँच हुँदा प्राप्त विकासका उपलब्धिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै त्यसबाट सिक्दै अब अझ संगठित ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।


राईले निर्वाचनलाई केवल राजनीतिक प्रतिस्पर्धा नभई “विकास र राष्ट्रियता प्रवद्र्धन गर्ने शक्तिहरू तथा सम्प्रदायिकता र अन्तरपुस्ता द्वन्द बढाउन खोज्ने तत्वहरूबीचको वैचारिक लडाइँ” का रूपमा चित्रित गरेका छन् ।

उनी भन्छन, ‘क्षेत्रको सद्भाव, सहिष्णुता र अन्तरपुस्ता सम्मानलाई कमजोर पार्ने षड्यन्त्रहरू सक्रिय हुन खोजिरहेको अवस्था देखिएको छ, जसप्रति मतदाता सचेत रहनुपर्ने समय आएको छ ।’

‘बाँके–२ ले विगतमा पनि विभाजनकारी गतिविधि नाकाम पार्दै एकताको उदाहरणीय इतिहास रचेको छ’– राईले भने, ‘अब फागुन २१ गतेको निर्वाचनमार्फत विकास, एकता र सद्भावको पक्षमा पुनः इतिहास रच्नुपर्नेछ ।’

उनले मतदातालाई अन्तरआत्माको आवाज सुनेर विवेकपूर्ण निर्णय लिन आग्रह गर्दै समावेशी विकासको अवधारणा अनुसार बाँके–२ लाई समृद्ध र खुसहाल क्षेत्र बनाउने आफ्नो प्रतिबद्धता दोहोराए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनतालाई साथमा लिएर काम गर्ने कोइरालाको प्रतिवद्धता

११ फाल्गुन २०८२, सोमबार १९:३७
समाचार सारांश Generated Using AI नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार मोहम्मद इस्तियाक राईले बाँके–२ मा विविधतालाई शक्ति मान्दै विकास र एकताको पक्षमा मत आफूलाई मागेका छन्।उनले नेपालगञ्ज र डुडुवामा पूर्वाधार विकास, रोजगारी र नीतिगत सुधारमार्फत समृद्धि ल्याउने प्रतिबद्धता जनाएका छन्।निर्वाचनलाई विकास र सद्भावको पक्षमा हुने वैचारिक लडाइँ भन्दै मतदातालाई […]

ताजा अपडेट