निर्वाचन सुरक्षा लक्षित आजदेखि सेना परिचालन

सदरलाइन संवाददाता २१ माघ २०८२, बुधबार ११:५४
 
समाचार सारांश
Generated Using AI
  • आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन आजदेखि नेपाली सेनासहित चारवटै सुरक्षा निकाय परिचालन गरिने भएको छ।
  • एकीकृत सुरक्षा योजना–२०८२ अनुसार मतदानस्थलको भित्री घेरा नेपाल प्रहरी र निर्वाचन प्रहरीले, दोस्रो घेरा सशस्त्र प्रहरीले, र बाहिरी घेरा नेपाली सेनाले सम्हाल्नेछन्।
  • निर्वाचन सुरक्षाका लागि सेनालाई १६५ वटै निर्वाचन क्षेत्रमा परिचालन गरिने र आवश्यकताअनुसार संयुक्त गस्ती तथा ‘वेस’ खडा गरिने छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : आगामी फागुन २१ गते हुने निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्ने क्रममा आजदेखि (बुधबार) सेना परिचालन गरिने भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना–२०८२ अनुरूप आजदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुने भएका हुन् ।

निर्वाचनको समयमा शान्ति सुरक्षालाई सुदृढ तुल्याउन सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो । एकीकृत सुरक्षा योजना बमोजिम निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि निर्वाचन सुरक्षामा खटिने छन् ।


नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्नेछन् । दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी नेपाली सेना र नेपाल प्रहरीसँगको समन्वयमा सशस्त्र प्रहरी बलले लिनेछ ।

नेपाली सेनाले भने सुरक्षा घेराको बाहिरी तहमा रही सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने छ । निर्वाचन प्रयोजनका लागि नेपाली सेना १६५ वटै निर्वाचन क्षेत्रमा आजदेखि परिचालित हुने सेनाले जनाएको छ ।

निर्वाचन सुरक्षालाई केन्द्रित गरी आवश्यकता अनुसार सेनाको ‘वेस’ खडा हुने र आवश्यकताका आधारमा संयुक्त गस्ती हुने सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तराईका केही स्थानमा कुहिरो, हिमाली भागका थोरै स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

२१ माघ २०८२, बुधबार ११:५४
समाचार सारांश Generated Using AI आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन आजदेखि नेपाली सेनासहित चारवटै सुरक्षा निकाय परिचालन गरिने भएको छ।एकीकृत सुरक्षा योजना–२०८२ अनुसार मतदानस्थलको भित्री घेरा नेपाल प्रहरी र निर्वाचन प्रहरीले, दोस्रो घेरा सशस्त्र प्रहरीले, र बाहिरी घेरा नेपाली सेनाले सम्हाल्नेछन्।निर्वाचन सुरक्षाका […]