उम्मेदवार छनौट केन्द्रित एमाले सचिवालय बैठक जारी

सदरलाइन संवाददाता ३ माघ २०८२, शनिबार १७:५४
 

नेपालगञ्ज :  काठमाडौंमा नेकपा (एमाले) को सचिवालय बैठक जारी छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा जारी बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार चयन गर्ने विषयमा केन्द्रित रहेको बताइएको छ ।


सरकारले आगामी फागुन २१ गते तोकेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १६५ निर्वाचन क्षेत्रका लागि उम्मेदवारको टुङ्गो लगाउन एमाले बैठकमा छलफल भइरहेको प्रचार तथा प्रकाशन विभाग संयोजक मिनबहादुर शाहीले बताए ।

प्रतिनिधिसभा सदस्य उम्मेदवारको नाम एमालेको क्षेत्रीय, जिल्ला र प्रदेश कमिटीले यसअघि नै नाम केन्द्रमा सिफारिस गरिसकेका छन् । केहीको एकल नाम सिफारिस भएको छ, बाँकी निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

घोडा–खच्चड कल्याणका लागि नीति कार्यान्वयन सुदृढ गर्न नेपालगञ्जमा एकदिने कार्यशाला

३ माघ २०८२, शनिबार १७:५४
नेपालगञ्ज : नेपालगन्जमा घोडा तथा खच्चडको कल्याण, नीति कार्यान्वयन र यस क्षेत्रमा बहु–पक्षीय सहकार्यलाई बलियो बनाउने उद्देश्यका साथ एक दिने ‘बहु–सरोकारवाला संवेदीकरण कार्यशाला’ सम्पन्न भएको छ । एनिमल हेल्थ ट्रेनिङ एण्ड कन्सल्टेन्सी सर्भिस हुफप्रिन्ट प्रोजेक्ट र कामकाजी घोडा र गधाका लागि कार्यरत संस्था ‘ब्रुक’ को संयुक्त आयोजनामा नेपालगञ्जमा उक्त कार्यक्रम […]

सम्बन्धित

ताजा अपडेट