‘श्रीपञ्चमी’ विद्याकी देवी सरस्वतीकाे पूजागरि मनाइयो

सदरलाइन संवाददाता ९ माघ २०८२, शुक्रबार २३:०३
 

नेपालगञ्ज  : शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ ।

आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । आज साना नानीहरूका निम्ति अक्षरारम्भ गर्ने दिन हो ।


बाँकेको बागेश्वरी मन्दिर लगायत देशभरमा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ ।

बाँकेको नेपालगञ्जमा रहेको जयवागेश्वरी स्कुल तथा कोहलपुरमा अवस्थित तक्षशिला एकेडमी लगायल सबै विद्यालयहरुले सरस्वतीको पुजा र वन्दना गरि यो दिवस मनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हरि-जमुना पत्रकारिता पुरस्कार रुपनी र भगतलाई

९ माघ २०८२, शुक्रबार २३:०३
नेपालगञ्ज : स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाले यस वर्षको हरि-जमुना पत्रकारिता पुरस्कार पत्रकारद्वय रुपनी जिएम र भगतराम थारुलाई प्रदान गरेको छ । संघले शुक्रबार नेपालगन्जमा आयोजित कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, वरिष्ठ पत्रकार पूर्णलाल चुके, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, स्वतन्त्र पत्रकार संघ नेपाल […]