हरि-जमुना पत्रकारिता पुरस्कार रुपनी र भगतलाई

सदरलाइन संवाददाता १० माघ २०८२, शनिबार ०९:१७
 

नेपालगञ्ज : स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाले यस वर्षको हरि-जमुना पत्रकारिता पुरस्कार पत्रकारद्वय रुपनी जिएम र भगतराम थारुलाई प्रदान गरेको छ । संघले शुक्रबार नेपालगन्जमा आयोजित कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, वरिष्ठ पत्रकार पूर्णलाल चुके, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेका निवर्तमान अध्यक्ष नमस्कार शाह लगायतले संयुक्त रुपमा नगद पुरस्कार, सम्मान पत्र र दोसल्ला ओढाएर प्रदान गरेका हुन् ।


शिक्षक माधवी शाहले स्वर्गीय माता पिताको नामबाट संघमा स्थापना गरेको हरि जमुना स्मृती अक्षय कोषमार्फत प्रदान गरिएको पुरस्कारको राशी जनही ५ हजार १५१ रुपैयाँ रहेको छ । कार्यक्रमका प्रमुख अतिथि विष्टले राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रमा स्वतन्त्रता र निश्पक्षताको खाँचो रहेको बताउदै लोकतन्त्रलाई बलियो बनाउन दलिय पत्रकारिताको अन्त्य हुनुपर्ने कुरामा जोड दिएका थिए ।

संघ बाँकेका अध्यक्ष मन भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ पत्रकार पूर्णलाल चुके, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरी, महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरे, अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाह, गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाका पूर्वअध्यक्ष तेजविक्रम शाह, हरि जमुना स्मृति अक्षय कोषकी सञ्चालक माधवी शाह लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

१० माघ २०८२, शनिबार ०९:१७
नेपालगञ्ज : भारतीय नम्बर प्लेटको कारमा सवार दुई भारतीय नागरिक ठूलो परिमाणको खैरो हेरोइनसहित बर्दियाको बाँसगढी क्षेत्रबाट पक्राउ परेका छन्। बाँसगढी नगरपालिका–५ स्थित पुरानो गोल्डेन फ्युचर स्कुल नजिक बबई सिँचाइ नहरको दक्षिण किनाराबाट १३१ ग्राम ५४० मिलिग्राम खैरो हेरोइनसहित कारमा सवार दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। […]

ताजा अपडेट