
नेपालगञ्ज : लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री आदेशकुमार अग्रवालले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफल पार्न प्रदेश सरकारले आवश्यक सहकार्य गर्ने बताएका छन् ।
सुरक्षाखबर डटकम अनलाईनको प्रथाम बार्षिक उत्सबको आइतबार नेपालगञ्जमा उद्घटन गर्दै मन्त्री अग्रवालले निर्वाचन सफल पार्न प्रदेश सरकारले सङ्घीय सरकार, निर्वाचन आयोगलगायत सम्वद्ध निकायसँग आवश्यक समन्वय र सहकार्यका लागि तयार रहेको प्रतिवद्धता ब्यक्त गरे ।
मन्त्री अग्रवालले सञ्चार माध्यामले सहि सूचना सम्प्रेसण गर्नु उसको दयित्व भएको उल्लखे गर्दै मर्यादित पत्रकारिताको लागि आफुले अपेक्षा गरेको बताए। उनले सीमा क्षेत्रमा तस्करी हुनेगरेको आम उद्योगी ब्यवसायीको बारम्बार गुनासो आउने गरेको भन्दै सुरक्षा निकायलाई नियन्त्रणका लागि ध्यान दिन निर्देशन दिए ।
उनले प्रदेश सरकारले सुरक्षा निकायलाई बार्षिक बजेटमार्फत सहयोग गरिरहेको भए पनि स्थानीय सुरक्षा अधिकारीहरुले प्रदेश सरकारका मन्त्रीलाई सम्मान दिन नसकेको टिप्पणी समेत गरे ।

सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङ, प्रहरी उपरीक्ष अङ्गुर जिसी, नेपाल पत्रकार महासङ्घ लुम्विनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, जिल्ला अध्यक्ष नबिन गिरी, पूर्व अध्यक्ष रुद्र सुवेदी लगायतले सुरक्षा निकाय र पत्रकारबिच निरन्तर समन्वय र सहकार्यमा जोड दिएका थिए ।
सुरक्षा खबर प्रालिका अध्यक्ष गौरब गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अपराध अनुसन्धान र मानबीय उद्धारको कार्यमा महत्वपूर्ण योगदान दिने नेपाल प्रहरी र सशस्त्र प्रहरीका बिभिन्न दर्जाको ब्यक्तिहरुलाई सम्मन गरिएको थियो ।
यसरी सम्मानित हुनेहरुमा सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डे–काठमाडौं सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश कुमार खड्का, सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र बहादुर शाही बाँके, सशस्त्र प्रहरी नायब निरीक्षक प्रवीन डिसी, लागुऔषध नियन्त्रण ब्यूरो प्रहरी सहायक निरीक्षक नवीनकुमार शाही, सशस्त्र प्रहरी सम्शेरगन्जस्थित सशस्त्र प्रहरीका गोताखोरहरु मोहन बिष्ट, रोशन केसी, प्रमेश्वर थारु, ट्राफिक प्रहरी प्रहरी वरिष्ठ नायब निरीक्षक नन्दकुमार पोखरेल, प्रहरी नायब निरीक्षक रबिन्द्र बहादुर बम बर्दिया, प्रहरी सहायक निरीक्षक लक्षमण अधिकारी, सहायक हवल्दार पुर्ण बिसी र प्याब्सन बाँके अध्यक्ष बिकास बज्राचार्य रहेका छन ।



