नेपाली कम्युनिस्ट पार्टी बाँकेको तर्फबाट उम्मेदवार टुंग्याईयो

सदरलाइन संवाददाता ४ माघ २०८२, आईतवार १८:३३
 

नेपालगञ्ज : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि राजनीतिक दलहरुले उम्मेदवार टुङ्ग्याउने कार्य गरिरहेको बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बाँकेको तीन वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।

नेकपाले बाँकेको तीनवटै क्षेत्रमा नयाँलाई उम्मेदवार बनाउँदै तीनवटै क्षेत्रमा युवालाई उम्मेदवार बनाएको छ ।


नेकपाका केन्द्रीय सदस्य तथा निवर्तमान जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सले दिएको जानकारी अनुसार नेकपाले बाँके क्षेत्र नम्बर १ का लागि नरेन्द्र पाण्डे जेम्स, क्षेत्र नम्बर २ का लागि दीपेन्द्र विष्ट र क्षेत्र नम्बर ३ का लागि दीपक जिएमलाई उम्मेदवार बनाएर टिकट प्रदान गरेको हो ।

उनले तीनै जना उम्मेदवारलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकेट दिएर पठाएको बताए । जेनजी आन्दोलनका कारण यस पटक बाँकेमा सबै उम्मेदवार युवा र नयाँलाई सिफारिस गरिएकोमा पार्टीले सोही बमोजिम टिकेट दिएर पठाएको नेकपा बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सार्क पत्रकार मञ्च भारत र भारती विद्यापीठले संयुक्त रुपमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दै

४ माघ २०८२, आईतवार १८:३३
नयाँ दिल्ली :  विश्वभर युद्ध र विनाशको बीचमा, पत्रकार र पत्रकारिताले मात्र परिवर्तन ल्याउन सक्ने कुरामा जोड दिईएको छ । त्यसैले सार्क पत्रकार मञ्चले विगत छ वर्षदेखि शान्ति निर्माणमा मात्र आफ्ना कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । सार्क पत्रकार मञ्च भारत च्याप्टरको एकमात्र उद्देश्य दक्षिण एसियाली देशहरूमा शान्ति र विश्वमा […]