राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीबाट झाँक्री, घिमिरे र केसी निर्वाचित

सदरलाइन संवाददाता ११ माघ २०८२, आईतवार १८:५१
 

दाङ : राष्ट्रिय सभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशका तीनवटै सदस्य कांग्रेस–एमाले–जसपा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।

आइतबार साँझ मतगणना सकिएसँगै महिलातर्फ एमाले उम्मेदवार रामकुमारी झाक्री, अपाङ्गतातर्फ कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ र अन्य क्लस्टरमा कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिलातर्फ निर्वाचित झाक्रीले ६ हजार ३ सय ३ मतभार प्राप्त गरिन् । उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी दुर्गा भण्डारीले १ हजार ३ सय ६२ मतभार ल्याइन् भने राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १ सय ४२ मत प्राप्त गरिन् ।


अपाङ्गता तर्फ कांग्रेस उम्मेदवार बासुदेव घिमिरे ‘जंगली’ ६ हजार ३ सय २२ मतभारसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपाका सर्जन विकले १ हजार ६ सय १ मतभार प्राप्त गरे ।

अन्य क्लस्टरतर्फ कांग्रेसका चन्द्रबहादुर केसी ५ हजार ९ सय ७७ मतभार प्राप्त गर्दै निर्वाचित भए । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका बृहस्पति अधिकारीले १ हजार ८ सय ३२ मत ल्याए भने राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १ सय ३३ मत प्राप्त गरे । यससँगै लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने तीनै सदस्य गठबन्धनबाट निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नसर्ने रोगको बढ्दो जोखिम न्यूनीकरणका लागि स्वास्थ्य सचेतना र शिक्षा आवश्यक

११ माघ २०८२, आईतवार १८:५१
नेपालगञ्ज : नसर्ने रोगको बढ्दो जोखिम न्यूनीकरणका लागि स्वास्थ्य सचेतना र शिक्षा आवश्यक रहेकोमा जोड दिइएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालको आयोजनामा आज नेपालगञ्जमा गरिएको ‘नसर्ने रोगको रोकथामका लागि नागरिक समाजको पैरवी तथा सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम’ मा सचेतीकरण प्रबद्र्धनमा जोड दिइएको हो । स्वस्थकर खानपान, सुदृढ जीवनशैली, नियमित […]

ताजा अपडेट