२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

चुनाव लड्न काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहद्वारा राजीनामा



 

नेपालगञ्ज : काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनाव लड्न पदबाट राजीनामा दिएका छन् ।

मेयर बालेनले आजैदेखि लागु हुने गरी उप–प्रमुख सुनिता डंगोलसमक्ष राजीनामा पेश गरेका हुन ।

राजीनामा पत्रमा शाहले नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्थाअनुसार नगर प्रमुख पदबाट अलग हुने निर्णय गरेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार
ताजा समाचार