निर्यात जन्य खाद्य पदार्थहरुको पहिचान तथा निर्यात प्रबद्र्धनसम्बन्धी सरोकार बीच छलफल

अजमत अली सिद्दिकी (बब्लु) १ माघ २०८२, बिहीबार १८:१९
 

नेपालगञ्ज : निर्यात जन्य खाद्य पदार्थहरुको पहिचान तथा निर्यात प्रबद्र्धन सम्बन्धी सरोकार बीच समन्वयत्मक कार्यशाला नेपालगञ्जमा सम्पन्न भएको छ ।

खाद्य आयात निर्यात गुणस्तार प्रमाणिकरण कार्यलय नेपालगञ्जको आयोजनामा सम्पन्न कार्यक्रममा नेपालबाट भारत लगायत तस्रोमुुलुक निर्यात गर्न कृषि उजप र अर्गानिक खाद्य वस्तुहरूको विश्व बजारमा उच्च माग रहेको साथै व्यापार घाटा कम गर्न र अर्थतन्त्रलाई बलियो बनाउन यस्ता वस्तुहरूको निर्यात र प्रवद्र्धन गर्न आवश्यक ठानिएको नेपालगञ्ज भन्सार कार्यलयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले बताए ।

उनले नेपालबाट अलैची, अदुवा, बेसार, मह, चिया, कफि, जडिबुटी, दाल गेडागुडि, अम्लीसो कुचो, फलफुल, तरकारी बिउबिजन, अकबरे खुर्सानी, दुधजन्य पदार्थलगायतको बस्तु नियमित निर्यात हुने गरेको जानकारी दिए ।


खाद्य निर्यातले व्यापार घाटालाई रिकभर गर्नूका साथै रोजगारीको अबस्था सृजना गर्ने हुदा यसको गुणस्तरमा कुनै पनि सम्झौता गर्न नहुने कुरामा जोड दिएको थियो ।

खाद्य आयात निर्यात गुणस्तार प्रमाणिकरण कार्यलय नेपालगञ्जका कार्यालय प्रमुख एकराज बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्याक्रममा खाद्य प्रविधि तथा गुण नियान्त्रण कार्यालयका प्रमुख प्रशन्त पोखरेलले विषयगत प्रस्तुती गरेका थिए । कार्यक्रममा नियार्तकर्ता उद्योगी, भन्सार एजेन्टस व्यवसायीलगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मिथिला सेवा समाजको स्थापना दिवश मनाईयो

१ माघ २०८२, बिहीबार १८:१९
नेपालगञ्ज :  नेपालगञ्जमा बसोबास गर्दै आएका मैथली भाषीहरुको साझा सस्था मिथिला सेवा सामाजले आप्mनो स्थापना दिवश तथा माघे सक्रान्ती (तिलासकरात) कार्यक्रम सम्पन्न गरेको छ । समाजका अगूवा भरत महतोले नेपालगञ्जमा बसोबास गर्दै आउनु भएका मैथली भाषा बोल्नेहरुलाई एउटै छानामुनी एकताबद्ध गर्दै सामाजिक आर्थक र सास्कृतीक लागागतको क्षेत्रमा क्रियाशिल रहेकालाई एकजुट […]