हातहतियार तथा खरखजाना बुझाउन आग्रह

सदरलाइन संवाददाता ६ माघ २०८२, मंगलवार १७:४४
 

नेपालगञ्ज :  जिल्ला प्रशासन कार्यालय बाँकेले आगामी संविधान सभा निर्वाचनलाई मध्यनजर गर्दै सर्वसाधारणलाई हातहतियार तथा खरखजाना बुझाउन आग्रह गरेको छ ।


मङ्गलबार जिल्ला प्रशासन कार्यालय बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङद्वारा जारी गरिएको सूचनामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, विष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन बाँकेमा रहेका इजाजतप्राप्त हातहतियार तथा खरखजाना बुझाउन आग्रह गरिएको हो ।

जारी सूचनामा आफूसँग रहेका इजाजतप्राप्त हातहतियार तथा खरखजाना १५ दिनभित्र नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरिएको छ । त्यसैगरी कोही कसैले अवैध रूपमा हातहतियार तथा खरखजाना राखेको थाहा भएमा नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा सूचना गरिदिन अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचन सरगर्मी बढ्दै

६ माघ २०८२, मंगलवार १७:४४
नेपालगञ्ज : बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज विभिन्न व्यक्तिहरूले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालय बाँके–२ मा २२ जनाले आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन् । बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि ठूला राजनीतिक दलहरू सहित स्वतन्त्र उम्मेदवारहरूले समेत आफ्नो मनोनयन […]