एमाले महाधिवेशन

ओली र पोखरेलले भोट हालेर सुरु गरे मतदान

सदरलाइन संवाददाता २ पुष २०८२, बुधबार १०:३२
 

नेपालगञ्ज : नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली मतदानस्थल पुगेसँगै मतदान सुरु भएको हो ।

ओली र अर्का प्रत्याशी ईश्वर पोखरेलले मत हालेर सुरु गरेका हुन् । ओलीले ७७ नम्बरको मेसिनबाट भोट हालेका हुन् भने पोखरेलले ७६ नम्बरको मेसिनबाट ।

मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहानलाई सारिएको थियो ।


बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि भृकुटीमण्डपमा केही ढिला गरी सुरु भएको छ । प्रतिनिधिहरु भने बिहानैदेखि मतदानका लागि लाइनमा बसेका थिए ।

विद्युतीय मेसिनबाट मतदान भइरहेको छ । मतदानको लागि ८० वटा मेसिन राखिएको छ । रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट भइरहेको मतदानमा २२६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।

नयाँ नेतृत्वमा केपी ओली र ईश्वर पोखरेल समूह प्यानलसहित प्रतिस्पर्धामा छन् । दुवैको प्यानलमा नपरेकाहरुले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् । मतदान भइरहँदा प्रत्याशीहरुले प्रतिनिधिहरुसँग मत मागिरहेका छन् भने प्रतिनिधिहरुले पनि आफूले रुचाएका उम्मेदवारको प्रचारप्रसार गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खेलकुद पूर्वाधारमा लगानी बढाउँदै १ नं. वडा

२ पुष २०८२, बुधबार १०:३२
नेपालगञ्ज :  नेपालगञ्ज  उपमहानगरपालिका –१ लाई खेलकुद हबका रूपमा विकास गर्ने लक्ष्यसहित वडा कार्यालयले पछिल्लो समय खेलकुद पूर्वाधारमा लगानी बढाउँदै लगेको छ । खेलकुदको विकासका लागि लगानी गर्नुपर्छ भन्ने सोचले यो वडाले खेलकुद क्षेत्रका महत्वपूर्ण पाँचवटा पूर्वाधारमा ठुलो लगानी गरेको हाे । बाँके जिल्लामा रङ्गशालापछि धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्र सबैभन्दा ठुलो र […]