क्यामेरा ट्र्यापिङ विधिबाट आजदेखि बाघ गणना सुरु

सदरलाइन संवाददाता १ पुष २०८२, मंगलवार १०:२८
 

नेपालगञ्ज : नेपाल सरकारले क्यामेरा ट्र्यापिङ विधिबाट आजदेखि बाघ गणना सुरु गर्दैैछ । बाघ गणना तीन महिनासम्म चल्ने छ । बाघको वर्तमान अवस्था पत्ता लगाउन प्रत्येक चार वर्षमा बाघ गणना हुने गर्दछ । सोही अनुसार आज पुस १ गतेदेखि चितवन र पर्सा राष्ट्रिय निकुञ्जबाट बाघ गणना सुरु हुन लागेको हो ।

चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा लाझाडी क्षेत्रमा बाघ गणना हुनेछ । त्यसका लागि विभागका इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई ३ ब्लक, बाँके र बर्दियालाई ४ ब्लक र शुक्लाफाँटा तथा लालझाडीलाई १ ब्लकमा विभाजन गरिएको छ ।

बाघ गणनाका लागि एउटै ब्लकमा दुई सयदेखि साढे दुई सय वटासम्म अटोमेटिक क्यामेरा जडान गरिएको छ ।


प्राविधिकहरुका अनुसार बाघ हिँड्ने क्षेत्र पहिचान गरी क्यामेरा जडान गरिएको छ । क्यामेरा अगाडि बाघ आउँदा अटोमेटिक फोटो खिचिन्छ । फोटोमा देखिएको बाघको पाटा हेरेर बाघको संख्या पत्ता लगाइन्छ । किनकि एउटा बाघको पाटा अर्को बाघको पाटासँग मिल्दैन ।

नेपालमा पछिल्लोपटक सन् २०२१ मा बाघ गणना भएको थियो । त्यसको नतिजा सन् २०२२ मा सार्वजनिक भएको थियो । त्यतिबेला नेपालमा ३ सय ५५ वटा बाघ रहेको निष्कर्ष निकालिएको थियो ।

सबैभन्दा धेरै चितवनमा १ सय २८ ,बर्दिया १ सय २५, पर्सामा ४१, शुक्लाफाँटा ३६ र बाँकेमा २५ वटा बाघ रहेको नतिजा सार्वजनिक गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रक्तदान कार्यक्रम गर्दै पत्रकार महासंघ बाँके

१ पुष २०८२, मंगलवार १०:२८
नेपालगञ्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाले रक्तदान कार्यक्रम गर्ने भएको छ । सोमबार बसेको कार्यसमिति बैठकले शाखाको आयोजना र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगञ्जको प्राविधिक सहकार्यमा नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको सचिव कृष्ण ओलीले जानकारी दिए । रगत अभावको अवस्थालाई मध्यनजर […]