प्रतिनिधिसभा पुनस्र्थापना माग्दै कांग्रेसका केही निवर्तमान सांसदद्वारा सर्वोच्चमा रिट

सदरलाइन संवाददाता २२ मंसिर २०८२, सोमबार १८:४६
 

काठमाडौ : विघटित प्रतिनिधिसभामा रहेका नेपाली कांग्रेसका केही सांसदले प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालतमा मुद्दाका लागि पेस गरेका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले संसद् पुनस्र्थापनाको माग गर्दै कांग्रेसका केही निवर्तमान सांसदहरूका तर्फबाट रिट निवेदन प्राप्त भएको र यस विषयमा सोमबार छलफलपछि प्रक्रिया अगाडि बढ्ने बताए ।


विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ, सांसदहरू दीपक खड्का, नागिना यादव, शान्ति विक र जाबेदा खातुनको वारेस लिएर पूर्वमहान्यायाधिवक्ता खम्म खातीले रिट निवेदन पेस गरेका हुन ।

प्रतिनिधिसभा विघटनसम्बन्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) र सार्वजनिक सरोकारअन्तर्गत १७ थान रिट दर्ता भएर विचाराधीन रहेका अदालतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भ्रष्टाचार बिरुद्ध पाचौं नेपालगञ्ज वाकाथन सम्पन्न

२२ मंसिर २०८२, सोमबार १८:४६
नेपालगञ्ज :  भ्रष्टाचार बिरुद्ध पाचौं नेपालगञ्ज वाकाथन भव्यताका साथ सम्पन्न भएको छ । भ्रष्टाचार बिरुद्ध २२ औं अन्तराष्ट्रिय दिवसको अवसरमा आज नेपालगञ्जमा उक्त कार्यक्रम सम्पन्न भएको हो । बिगत चार बर्ष देखि भईरहेको वाकाथनको पाचौं संस्करण भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालको आयोजना र अन्तरालको सहकार्यमा सम्पन्न भएको हो । नेपालगञ्जको […]