एमाले केन्द्रीयकमिटीमा बाँकेकै छ जना निर्बाचित

सदरलाइन संवाददाता ४ पुष २०८२, शुक्रबार १९:१७
 

नेपालगञ्ज  : नेकपा एमालेको हालै सम्पन्न ११ औं राष्ट्रिय माहाधिवेशनमा बाँककाकेका महिलाहरुले बाजी मारेका छन । पार्टीको भृकुटी मण्डप, काठमाण्डौमा पुष ३ गते सम्पन्न मतदानबाट बाँकेका ४ जना महिला निर्वाचित भएका हुन ।

निर्वाचित हुनेहरुमा शान्ति ढकाल, बसन्ती अधिकारी,आरती पौडेल र बिजया धिताल रहेका छन । नेकपा एमाले केन्द्रीय सदस्य तथा बाँकेके जिल्ला ईन्चार्ज ढकाल, एमाले लुम्बिनी प्रदेस कमिटी सदस्य तथा लुम्बिनी प्रदेस सभा सदस्य बसन्ती अधिकारी , एमाले लुम्बिनी प्रदेस कमिटी सदस्य आरती पौडेल , केन्द्रीय कमिटी सदस्यमा र केन्द्रीय लेखा आयोग सदस्य बिजया धिताल पुःन लेखा आयोग सदस्यमा निर्बाचित भएका हुन ।


लामो समय राजनीतिमा लागेर समाज रुपान्तरणको दिसामा अगाडि बडेका बककाके जिल्लाका यी होनहार महिलाहरु माथि सदीयौंदेखि पिल्सीदैं हेपिदै र शोषित हुदै आएका महिलाहरुले ठूलो आसा र भरोसा राखेका छन ।

यससंगै नेकपा एमालेका केन्द्रीय सदस्य र महोम्मद हारुन हल्वाले पनि सोही अधिवेसनमा केन्द्रीय सदस्यमा बिजय भएका छन् । चारजना महिला र २ जना पुरुष गरि आधा दर्जन केन्द्रीय सदस्य पाएको बाके जिल्लाले रुपान्तरण सहितको एमाले र बदलिएको राष्ट्रिय राजनीतिको परिवेसमा भर्खर जेन–जेड आन्दोलनले खोजेको जस्तो परिवर्तनको आभास कसरी गराउन सक्छ आम जन चासोको बिषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *