दाङमा चिसो बढेपछि विद्यालय बन्द

सदरलाइन संवाददाता १६ पुष २०८२, बुधबार १०:३१
 

नेपालगञ्ज : दाङमा पनि चिसो बढेपछि विद्यालय बन्द गरिएको छ । पछिल्ला दिन घाम नझुल्किएपछि आजदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ ।

शीतलहरका कारण घोराही उपमहानगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका विद्यालय बन्द गरिएको हो ।


पालिकाहरुले सूचना जारी गरी चिसोले जनजीवन नै प्रभावित भएपछि विद्यालय बन्द गरिएको जनाएका छन् । सूचनाअनुसार पुस १६, १७ र १८ गते सामुदायिक तथा संस्थागत सबै विद्यालयमा बिदा गरिएको हो ।

अत्यधिक चिसो बढेका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सबै विद्यालय बन्द गरिएको जनप्रतिनिधिहरुले बताएका छन् ।

जाडो बढेपछि जिल्लाका विभिन्न ठाउँमा नेपाली सेनाले आगो ताप्न दाउरा बाँडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीरेन्द्रनगरको सहिद पार्कमा युवा युवती मृत फेला

१६ पुष २०८२, बुधबार १०:३१
नेपालगञ्ज : सुर्खेतको वीरेन्द्रनगरमा युवायुवती मृत अवस्थामा फेला परेका छन्। वीरेन्द्रनगर नगरपालिका–४, को सहिद पार्क नजिकै जङ्गलमा युवा युवती मृत अवस्थामा भेटिएका हुन् । आज बिहान मर्निङ वाकमा गएका स्थानीयहरूले शवलाई देखेका थिए । लगत्तै प्रहरीलाई खबर गरेपछि अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी त्यहाँ पुगेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त […]