बाँके २ बाट राप्रपा नेपालका अध्यक्ष कमल थापाको एकल नाम सिफारिस

सदरलाइन संवाददाता ९ पुष २०८२, बुधबार १६:४१
 

नेपालगञ्ज : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा सो पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाको एकल नाम सिफारिस गरेको छ।

बाँके क्षेत्र नम्बर २ बाट केन्द्रीय अध्यक्ष थापाको एकल नाम सर्वसम्मतिबाट सिफरिस गरिएको जनाउँदै राप्रपा नेपालका सहायक महामन्त्री अभय बस्नेतले बाँकेका स्थानीयको माग अनुसार नै उनको नाम सिफारिस गरिएको बताए ।


उनले बाँके जिल्ला पहिले देखिनै राप्रपाको गढ भएको र यस पटक राप्रपाका नेता धवल शमशेर राणाले निर्वाचन नलड्ने घोषणा गरेकोले राप्रपा नेपालले आफ्नो पार्टीका अध्यक्ष थापालाई यहाँबाट उम्मेदवार बनाउन खोजेको बताए ।

स्थानीय जनताले पनि अध्यक्ष थापाको उम्मेदवारीका लागि विगतबाटै माग गर्दै आएकोमा यस पटक राम्रो अवसर भएकोले नाम सिफारिस गरिएको सहायक महामन्त्री बस्नेतले बताए ।

राप्रपा नेपाल बाँकेका अध्यक्ष दीपेन्द्रबहादुर सिंहले बाँके २ बाट निर्वाचनमा उम्मेदवार बन्न पार्टीका केन्द्रीय अध्यक्ष थापा सकारात्मक भएको पाएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरको पर्यटन प्रवद्र्धनमा बाँकेका पत्रकारको ऐक्यवद्धता: ५ बुँदे घोषणा-पत्र जारी

९ पुष २०८२, बुधबार १६:४१
नरैनापुर : नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपले भूमिका निभाउने बाँकेका पत्रकारहरुले प्रतिबद्धता जनाएका छन् । नरैनापुर गाउँपालिकासँगको सहकार्यमा नेपाल पत्रकार महासंघ बाँकेले बुधबार आयोजना गरेको ‘अन्तरक्रिया र वनभोज’ कार्यक्रममा उपस्थित भएका जिल्लाका पत्रकारहरुले नरैनापुरमा पर्यटनको प्रचुर सम्भावना रहेको कुरा औंल्याउँदै मिडियाबाट नै पर्यटकीय स्थलको प्रचार–प्रसार गर्न सम्भव […]