अवकास प्राप्त प्रहरी पनि समाज सेवामा समर्पित हुन चाहान्छन

सदरलाइन संवाददाता २६ मंसिर २०८२, शुक्रबार १८:४०
 

 


नेपालगञ्ज :  वाहालबाला प्रहरी सहर नै अझै पनि आफुहरु देशको सेवा गर्न सक्षम रहेको अवकाश प्राप्त प्रहरीहरुको भनाई छ । नेपाल पूर्व प्रहरी संगठन बाँकेको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा सो कुरा बताएका हुन ।

लामो समय नेपाल प्रहरी जागीरे जीवन विताएको कारण समाजमा अपराध नियन्त्रण, लागु औषध बिरुद्ध सचेतना फैलाउने, मानवबेचविखन रोकथाम तथा ट्राफिक व्यवस्थापन लगायतका कार्यहरुमा प्रहरीको सहयोगीको रुपमा अझै पनि सेवा दिन आफुहरु सक्षम रहेको भनाई छ ।

नेपाल पूर्व प्रहरी संगठनका केन्द्रिय अध्यक्ष अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरिक्षक बिनोद सिंहले संगठनमा अझैपनि काम गर्न आफुहरु ईच्छुक भएको बताएका छन ।

उनले भने–‘आफुहरु रिटायर्ड भएको हो टायर्ड भएको होईनौ भन्ने अभिप्रायले अझैपनि देशको सेवा गर्ने हुटहुटी रहेको छ । अझै धेरै क्षेत्रमा हाम्रो योगदानको खाँचो रहेको छ ।’

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक अंगुर जीसिले समृद्ध समाज निर्माणको लागि प्रहरीले पूर्व प्रहरीसंग सहकार्य गरेर अघि बढ्ने बताए ।


उनले भने–‘ प्रहरीले निस्वार्थ भावमा सेवा प्रवाह गर्दै आएको छ । अवकास प्राप्त गरेपछि पनि यस्ता संगठन मार्फत जनसेवालाई निरन्तरता दिदै आएको छ ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ्गले प्रहरीमा लामो समय ब्यतित गरेर अनुभव संगालेर फेरी पनि संगठनको माध्यामबाट नागरिकको सेवागर्न आउनु ठूलो कार्य भएकोे बताए ।

‘समाजलाई व्यवस्थित राख्न प्रहरीले ठूलो भुमिका निर्वाह गरेको छ । अझै पनि समाज सेवामै तल्लीन हुन चाहन्छ’ –उनले भने–‘ अवकास पाप्त गरेपछि पनि समाजमै अन्तरघुलन हुन यस्ता संगठनका माध्यामबाट आउनु राम्रो ।’

खजुरारोडमा अवकास प्राप्त प्रहरी तथा विभिन्न दाताहरुको सहयोगबाट ७५ लाखमा निर्मित भवनको उदघाटन गरिएको जिल्ला अध्यक्ष गगाबहादुर अधिकारीले जानकारी दिए ।

बाँकेमा ५सय ६० आकास प्राप्त प्रहरी अजिवन सदस्य रहेको उपाध्यक्ष तथा पूर्व डिएस्पी शशिधर अधिकारीले जानकारी दिए । यसअघी भवन निमार्णमा सहयोग पुराउने विभिन्न दाताहरुलाई सम्मान गरिएका कार्यक्रमको सहजिकरण प्रवक्ता अरुणकुमार सिंहले गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सल्लाघारीमा तीनलाख बढी मास उतार्ने एमालेको तयारी

२६ मंसिर २०८२, शुक्रबार १८:४०
काठमाडौ : नेकपा (एमाले) को शनिबारदेखि सुरु हुने ११ औं महाधिवेशनको उदघाटनसत्रमा तीन लाख बढी मास उतार्ने सो दलले जनाएको छ । भक्तपुरको सल्लाघारीस्थित तीनकुनेको १०८ रोपनी (८ विघा) खाली जग्गामा प्रविधियुक्त आधुनिक मञ्चमार्फत कार्यक्रमको उदघाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन । महाधिवेशनको तयारीबारेमा जानकारी दिन आज सल्लाघारीमै […]