रेडक्रस मनिकापुर उप–शाखाद्वारा अपाङ्ग ब्यक्तिहरुलाई निःशुल्क स्वास्थ्य परिक्षणसँगै बनभोज

सदरलाइन संवाददाता ६ पुष २०८२, आईतवार १८:२७
 

नेपालगञ्ज : अपाङ्गता भएका ब्यक्तिहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण गरिनुका साथै बनभोज कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी मनिकापुर उप–शाखाको आयोजनामा र सरोजीनी मिमोरियल पोलिकिलनिक प्रालि, एयरपोर्ट चोक नेपालगञ्जको सहकार्यमा भएको भएको थियो ।

डुडुवा गाउँपालिका वडा नम्वर ५ स्थित लायन्स सिद्धिविनायक पार्क, नानापुरमा शनिवार भएको कार्यक्रममा एक सय जना ब्यक्तिहरुले सेवा लिएका थिए ।

अपाङ्गता भएका ब्यक्तिहरुलाई निशुल्क जनरल स्वास्थ्य परिक्षण ,निशुल्क औषधि बितरण गरेर थोरै भएपनि मलम लगाउन र ओंठमा हाँसो भर्न पाएकोमा अत्यन्तै खुसी लागेको प्रमुखअतिथि समेत रहेका सरोजीनी मिमोरियल पोलिक्लिनिकका सन्चालक डा.करुणेश गुप्ताले बताए ।


नेपाल रेरेडक्रस सोसाइटी मनिकापुर उपशाखाका सभापति नवराज सापकोटाले, मानविय सेवा नै धर्म हो भन्ने रेडक्रसको मूलमन्त्र रहेकाले रेडक्रसकर्मीहरुले सकेसम्म अपाङ्ग तथा दिनदुखीहरुको सेवामा आफूलाई लगाउन सकेमात्र साँचो अर्थमा धर्म हुने र आफूले पनि त्यसैवाट अभिप्रेरित भएर कार्यक्रममको आयोजना गरेकोमा नेपालगञ्ज उपमहानगरपालिका वडानम्वर १८ र २० अपाङ्गता भएका ब्यक्तिहरुको खोजी तथा पहिचान गरि कार्यक्रममा ल्याउने लाने समेत ब्यवस्था गरि एकसय जना ब्यक्तिहरुलाई केही समय भए पनि खुःसी दिन पाएकोमा आफू उत्साही बताए।

उनले कार्यक्रमलाई सफल बनाउन बिशेष सहयोग गर्ने शुद्ध गोरश सहकारी संस्था नेपालगञ्ज २० थपुवा, बाँके बस्त्रालय नेपालगञ्ज, बागेश्वरी गार्मेन्ट उद्योग गायत्रीनगर र सरोज थापा नेपालगञ्ज २०, हाल अमेरीकालाई धन्यबाद दिएका थिए । कार्यक्रममा उपस्थित अपाङ्गता भएका ब्यक्तिहरुको प्रतिनिधित्व गर्दै टेकराज जैशीले निःशुल्क स्वास्थ्य परिक्षण गरिनुका साथै बनभोज कार्यक्रम गरकोमा आयोजकलाई धन्यवाद दिएका थिए ।

औपचारिक कार्यक्रमको संचालनउप–शाखाका सचिव जगन्नाथ कणेलले गरेका थिए भने नेपाल रेडव्रmस सोसाइटी मनिकापुर उप शाखाका पदाधिकारी सदस्यहरु, सरोजीनी मिमोरियल पोलिक्लिनिकका प्राबिधिकहरु लगाएतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला नेपालगञ्जमा

६ पुष २०८२, आईतवार १८:२७
नेपालगञ्ज : नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझाव संकलन कार्यशाला नेपालगञ्जमा आइतवार सुरु भएको छ । कार्यशालामा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश त्यस अन्र्तगतका ३१ जिल्ला शाखाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । विधान प्रस्तावित मस्यौदा १८औं संशोधन, २०८२ को लागि २ दिनसम्म संचालन हुने उक्त कार्यशालामा […]