एनपिएलको विजेता ट्रफी उत्सब यात्रा नेपालगन्ज बागेश्वरी मन्दिरबाट सुरु

सदरलाइन संवाददाता ५ पुष २०८२, शनिबार १८:१६
 

नेपालगञ्ज : नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता ट्रफी उत्सब यात्रा नेपालगन्ज बागेश्वरी मन्दिरबाट सुरु भएको छ । विजेता टिम लुम्बिनी लायन्सले बागेश्वरी मन्दिरमा आज विहान पूजाअर्चना गरी ट्रफी उत्सब यात्रा सुरु गरेको हो ।

तालिका अनुसार पुस ५ गते आज नेपालगञ्जको बागेश्वरी मन्दिरमा ट्रफीलाई मन्दिर परिक्रमा गराइएको थियो । तत्पश्चात नगर परिक्रमा गराई स्थानीय मंगल प्रसाद मावि प्रांगणमा ट्रफी राखेर बर्दियातर्फ लगिएको छ । ट्रफी टोलीलाई मंगल प्रसाद स्कुलमा नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले स्वागत गर्दै क्रिकेटको विकासमा सक्दो सहयोग गर्ने बताएका थिए ।

लुम्बिनी लायन्सले सार्वजनिक गरेको तालिका अनुसार बाँके र बर्दियाबाट सुरु भएकाे टुर पुस १५ गते रुपन्देहीमा पूरा हुनेछ। भाेलि पुस ६ गते दाङको तुल्सिपुर–घोराहीमा टुर आयोजना हुनेछ।

पुस ७ गते रुकुमको रुकुमकोट–खलङ्गासम्म, पुस ८ गते रोल्पाको लिवाङ–सुलिचौरसम्म, पुस ९ गते प्युठानको भिङ्ग्रीदेखि स्वर्गद्वारीसम्म, पुस १० गते विजुवार बरुङ्लादेखि चकचके दरभाङ र भालुवाङसम्म टुर रहने जनाइएको छ।


साथै, पुस ११ गते कपिलवस्तुको चन्द्रौटा–कृष्णनगर–तौलिहवा–गोरुसिङ्गेसम्म, पुस १२ गते अर्घाखाँचीको सुपादेउराली मन्दिरदेखि सन्धिखर्कसम्म, पुस १३ गते गुल्मीको तम्घासमा, पुस १४ गते पाल्पाको तानसेन बजार, पुस १५ गते नवलपरासीको बर्दघाट–सुनवलसम्म र पुस १५ गते नै रुपन्देहीको भैरहवादेखि लुम्बिनीसम्म टुर आयोजना गरिनेछ।

लुम्बिनी लायन्सका अनुसार पुस १६ गते बुधबार बुटवलको सिद्धबाबा मन्दिरदेखि ट्राफिक चोकसम्म टुर आयोजना हुनेछ भने मेगा कन्सर्ट पनि आयोजना हुनेछ।

एनपिएलको दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गरेको थियो। लुम्बिनीले त्यससअघि दोस्रो क्वालिफायरमा विराटनगर किङ्स र प्लेअफको एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई पराजित गरेको थियो।

एनपिएलको पहिलो संस्करणको जनकपुर बोल्ट्सले जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीमा गैरराज्य पक्षबाट सबैभन्दा बढी मानवअधिकार उलंघनका घटना घटईयो

५ पुष २०८२, शनिबार १८:१६
नेपालगञ्ज :  लुम्बिनी प्रदेशमा १ वर्ष भित्र विभन्न प्रकृतीका गरी १ हजार ५ सय ६९ वटा मानबअधिकार उलंघनका घटना घटेको पाईएको छ । मानवअधिकारको क्षेत्रमा कार्यरत संस्था ईन्सेकद्वारा अयोजन गरेको कार्यक्रमका सो जानकारी गराईएको हो । यी घटनामा सबै भन्दा बढी महिला र बालबालिका पीडित भएको पाईएको छ । घटनाको […]