नवलपुरमा तोरीमा छरेको विषादीले नौ वटा मृग मरे

सदरलाइन संवाददाता २० मंसिर २०८२, शनिबार १७:०६
 

नवलपुर  : नवलपुरको देवचुली नगरपालिका–१३ मा रहेको मातृभूमि मध्यवर्ती सामुदायिक वनमा नौ वटा मृग मृत फेला परेका छन् ।प्रारम्भिक अनुसन्धानबाट किसानले तोरीमा छरेको विषादीका कारण मृग मरेको हुन सक्ने देखिएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।

सबै मृगको शरीरमा कुनै पनि बाहिरी चोटपटक नदेखिएकाले विषादी छरेको तोरी खाएर मृगहरू मरेको हुन सक्ने उनको भनाइ छ । आहारा प्रजातीको मुख्य प्रजाती मानिने मृग एकै पटक ठुलो सङ्ख्यामा मृत फेला परेपछि अनुसन्धान कार्य अगाडि बढाइएको थापाले बताए । मृग मर्नुका कारण पत्ता लगाउन पोस्टमार्टम गरिएको छ ।

चितवनमा विषादीको परीक्षण गर्ने प्रयोगशाला नभएकाले पोस्टमार्टमको नमूना विधि विज्ञान प्रयोगशाला काठमाडौँ पठाइएको उनले जानकारी दिए । चार पाँच दिनमा रिपोर्ट आएपछि मात्र कुन प्रकारको विषादीको प्रयोगले शरीरको कुन अङ्गमा असर गरेर मृत्यु भएको भन्ने एकिन भन्न सकिने थापाले बताए ।


मातृभूमि मध्यवर्ती सामुदायिक वनका सचिव रामकृष्ण अधिकारीले पनि विषादीकै कारण मृग मरेको आशङ्का गरिएको बताए । मरेका नौ मृगमध्ये एउटा बच्चा रहेको छ ।

केही समयअघि रजहरका किसानले काउलीमा अत्याधिक मात्रामा विषादी प्रयोग गरेको पाइएको थियो । बेच्नका लागि बजारमा लगिएको काउली परीक्षण गर्दा ९८ प्रतिशत विषादी भेटिएकाले तोरीमा पनि त्यस्तै भएको हुन सक्ने सचिव अधिकारीको भनाइ छ । भेटेरिनरी तथा कृषि कार्यालयहरूले किसानलाई विषादी प्रयोगसम्बन्धी सचेतना फैलाउन नसकेको उनको गुनासो छ ।

निकुञ्जबाट तार जारी भत्केको स्थानबाट मृग बारीमा प्रवेश गरेका अधिकारीले बताउए । जहाँबाट गैँडा पनि बारीमा आउने गरेका छ । बाघको डरले मृग गैँडाको साथमा हिड्ने गर्छन् । गैँडासँग हिड्दा मृगले सुरक्षित महसुस गर्ने गरेको सचिव अधिकारीको भनाइ छ । तीन वर्षअघि पनि यही ठाउँमा १५ वडा मृग मरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एनपिएल : विराटनगर क्वालिफायरमा प्रवेश

२० मंसिर २०८२, शनिबार १७:०६
काठमाडौ : राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गरेको छ । जितका लागि पाएको १४८ रनको लक्ष्य विराटनगरले ११ दशमलव पाँच ओभरमा चार विकेट गुमाएर भेट्टायो । जसमा साम हिजलेट र फाफ डु प्लेसिसले अर्धशतकीय पारी खेले […]

सम्बन्धित