
नेपालगञ्ज : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

सभापति देउवा निवास महाराजगञ्जमा सोमबार भएको भेटमा उनीहरूबिच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।
भेटमा अध्यक्ष ओलीसँग एमाले महासचिव शङ्कर पोखरेल पनि पनि छन् । एमाले अध्यक्षमा पुनः निर्बाचित भएपछि अध्यक्ष ओली–देउवा भेट भएको हो ।


