ग्रीनपिस र गोरखा युनाइटेडलाई तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्डको उपाधि

सदरलाइन संवाददाता २० मंसिर २०८२, शनिबार १८:२०
 

कोहलपुर (बाँके) :  कोहलपुरमा जारी तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८२ सम्पन्न भएको छ । प्याब्सन कोहलपुरको आयोजनामा मंसिर १७ गतेदेखि सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।

४ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा तीन तहमा प्रतिष्पर्धा भएको थियो । प्रतियोगितामा माध्यमिक तह (९–१२) तर्फ रनिङ शिल्डमा सबैभन्दा बढी आठ स्वर्ण पदक जित्दै ग्रीन पिस सेकेण्डरी स्कूलले उपाधि जितेको छ ।

मावितर्फ पाँच स्वर्ण पदकसहित गोरखा युनाइटेड पब्लिक स्कूल द्धितीय र दुई स्वर्ण पदकसहित डायनानिक सेकेण्डरी स्कूलले तृतीय स्थान हासिल गरेको छ ।

आधारधूत तह (१–८) तर्फ रनिङ शिल्डमा दुई स्वर्ण,दुई रजत र दुई कास्यसहित गोरखा युनाइटेड पब्लिक स्कूलले उपाधि जितेको छ । दुई स्वर्ण, दुई रजत र एक कास्य पदकसहित निम्बल एकेडेमी द्धितीय र दुई स्वर्ण, एक कास्य र एक रजत पदकसहित जीवन ज्योति माध्यमिक विद्यालय तृतीय भएको छ ।


माध्यमिक तह (९–१२) एथलेटिक्सतर्फ पनि ग्रीन पिस सेकेण्डरी स्कूल प्रथम, गोरखा युनाइटेड पब्लिक स्कूल द्धितीय र डायमिक सेकेण्डरी स्कूल तृतीय भएका छन् । आधारधूत तह (१–८) एथलेटिक्सतर्फ भने निम्बल एकेडेमी प्रथम, एभरेष्ट सैनिक स्कूल द्धितीय र जीवन ज्योति स्कूल तृतीय भएका छन् ।

प्रतियोगितामा माध्यमिक तहमा छात्रछात्रातर्फ गोरखा युनाइटेड पब्लिक स्कूलका छात्र समीर बस्नेत र छात्रा कल्पना बुढाले उत्कृष्ट खेलाडी घोषित भए । आधारभूत तहतर्फ निम्बल एकेडेमीका कृष्ण बहादुर बुढा र एभरेष्ट सैनिक स्कूललाई छात्रा साधना थापा उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगितामा अनुसासित विद्यालयका रुपमा एभरेष्ट सैनिक स्कूललाई सम्मान गरिएको थियो । विजेता विद्यार्थी र तथा विद्यालयलाई ट्रफीसहित मेडल र प्रमाणपत्र वितरण गरिएको आयोजक प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले बताए ।

प्रतियोगितामा समापनमा विजेता विद्यालयलाई समापन सत्रका प्रमुख अतिथि तथा लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद प्रसाद ढकालसहितका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।

माध्यमिक तहको प्रतियोगितामा एथ्लेटिक्सतर्फ ५३२ र भलिबलमा ३४२ जना गरी जम्मा ८७४ जनाले सहभागिता जनाएका थिए । यस्तै आधारभूत तह ‐१–८) मा एथ्लेटिक्सतर्फ ४४८ जना, फुटसलमा ३९० जना, आधारभूत तह ‐नर्सरी–३) तर्फ १२० जनागरी कूल ९६० जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा कूल १ हजार ८ सय ३८ जनाले सहभागिता जनाएर प्रतिष्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कविता : मेरी ठुली दिदीहरु

२० मंसिर २०८२, शनिबार १८:२०
 विमल हमाल, युरेनस नङ्ग्रा खियार बाच्ने मेरी ठुली दिदीको बजारमा नत खाना पाईन्छ , नत पानी , सायद, ठुली दिदीहरु श्रमको मुल्य हिन गुइँठो र गिट्टी साँदेर, भारी पसीना चुहाउछिन । चिरीएका हस्तरेखामा छिया परेका पैतला उचाली, झुत्रो बस्त्र ओढेर भोको पेटमा रमाउछिन । दुई छाक भोको पेटमा सधै सुनौलो […]