
नेपालगञ्ज : केही दिनदेखिको बढ्दो चिसोका कारण बाँके लगायत तराईका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । घाम लाग्न छाडेपछि चिसो बढेको हो । चिसोको कारण विद्यालयहरु बन्द भएका छन ।
सार्वजनिक स्थानहरुमा स्थानीय तहहरुबाट आगो ताप्ने व्यवस्था मिलार्र्र्र्र्र्ईएको छ । यसैबीच नेपालगञ्ज उपमहानगरपलिका र नेपाली सेनाले सार्वजनिक स्थानमा आगो ताप्नको लागि दाउरा उपलब्ध गराएको छ ।
अत्याधिक चिसो बढेपछि नेपालगञ्ज उपमहानगरपलिकाले सार्वजनिक स्थानमा आगो ताप्नको लागि दाउरा उपलब्ध गराएको प्रमुख प्रशसकिय अधिकृत रामहरी शर्माले जनकारी दिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तमाङ्गले बाँकेमा अत्याधिक चिसो बढेका कारण शितलहर पूर्वकार्य अन्तरगत स्थनीय तहहरुले दाउरा वितरण गर्ने, चिसोबाट जोगिन विभन्न सचेतनाको कामगर्न सुरु गरीएको बताए ।

नेपालगञ्ज नगर प्रमुख प्रशान्त विष्टले चिसो बढेपछि विद्यालयमा जाडोको विदा दिनुको साथै चोक चौराहमा सार्वजनिक आगो तप्ने व्यावस्था गर्नुको साथै जनचेतनामुलक सूचना प्रवाह गएिको बताए ।
यसैबीच नेपाली सेनाको बज्रदल गण राँझाले चिसो पीडितहरुलाई जिल्लाका खजुरा, पुरैना, फुलटेक्रा, आलानगर लगायत विभिन्न स्थानहरुमा आगो ताप्न दाउरा सहयोग गरेको गणका गणपति प्रमुख सेनानी रामचन्द्र श्रेष्ठले जानकारी दिए ।
चिसोबाट जोगिन घर बाहिर काम परेपछि मात्र निस्कने, न्यानो लुगा लगाउने तातो झोलिलो कुरा अत्याधिक सेवन गर्ने जस्ता सन्देस समेत प्रवाह गरिएको छ ।


