
नेपालगञ्ज : राजनीतिक दलहरु समयमानुकुल हुनुपर्ने नेपालगञ्जमा आयोजित एक कार्यक्रमा सहभागिले औल्याएका छन् । इन्सेक लुम्बिनी प्रदेश कार्यालयद्वारा बिहीबार नेपालगञ्जमा आयोजित ‘निर्वाचन र मानव अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागिले सो कुरा औल्याएका हुन ।
निर्वाचन कार्यलय, राजनीतिक दल, कानुन ब्यबसायी, पत्रकार, मानव अधिकारकर्मी सहभागि रहेको सो कार्यक्रममा लोकतन्त्रमा निर्बाचनकोे कुनै बिकल्प नहुने निश्कर्ष समेत निकालीएको छ ।
लोकतन्त्रमा निर्बाचनकोे कुनै बिकल्प नहुने भएकोले राजनीतिक दलहरुले निर्बाचनको बातावरण बनाउनु पर्ने कुरामा उपभोक्ता अधिकारकर्मी प्रभात ठकुरीले जोड दिए ।
कार्यक्रममा जेन्जी अभियन्ता सगर आचार्य दलप्रती आफुहरुको कुनै वितृष्णा नभएको तर एकै व्यक्ति पटक–पटक प्रतिनित्व हुदा तानाशाही जन्मिन खतरा भएकोले युवाको प्रतिनिधित्व आवश्यक रहेको बताए ।
अधिकारकर्मी प्रकाश उपाध्यायले संस्थागत संरचानामा दलिय भाग खोज्नु गलत भएको बताए । उनले सबै कुरामा राजनीतिक आँखाले हेर्नु राम्रो कुरा नभएको बताए ।

बरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठले भदौ २३, २४ गतेको परिवर्तन पछि सुरक्षा निकायको चारबटै अंगले भए रहित निर्वाचन हुने बताबरण बनाउन आबश्यक भएको बताए ।
इन्सेकका संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेलले राजनीतिक दल समयानुकूल परिवर्तित हुनु पर्ने बताए ।
इन्सेक लुम्बिनी प्रदेशको आयोजनामा सम्पन्न कार्यक्रममा अधिकारकर्मी, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधीको सहभागिता रहेको कार्यक्रमको सहजिकरण इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले गरेका थिए ।


