एमाले बाँकेद्वारा उम्मेदवार सिफारिस

सदरलाइन संवाददाता १३ पुष २०८२, आईतवार २१:१९
 

FILE PHOTO

नेपालगञ्ज :  आसन्न फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) ले समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा पेश गरिएको विवरणअनुसार एमाले बाँकेले समावेशी प्रतिनिधित्वलाई ध्यानमा राख्दै राष्ट्रिय सभा र प्रतिनिधि सभातर्फ विभिन्न क्लस्टरबाट उम्मेदवार सिफारिस गरेको हो ।

राष्ट्रिय सभातर्फ खस–आर्य महिलाबाट शान्ति ढकाल, अपाङ्गता भएका व्यक्तितर्फ गोपीन्द्र बुढा र पुरुष समूहबाट नरेन्द्र शर्मालाई सिफारिस गरिएको छ ।


त्यसैगरी प्रतिनिधि सभातर्फ खुला समूहबाट होमप्रकाश सुवेदी, बेदनिधि प्याकुरेल, सनत रेग्मी र भक्तबहादुर केसी सिफारिस भएका छन् । मधेसी समूहबाट पशुपति दयाल मिश्र र जयराम यादव, जनजाति समूहबाट बलदेव पुन र लालबहादुर थापा तथा मुस्लिम समूहबाट मो. हारुन हलवाइलाई अघि सारिएको छ ।

नेकपा (एमाले) बाँकेका अनुसार, महिला समूहबाट विजय धिताल, थारु समूहबाट रामदास थारु र दलित समूहबाट नन्द विश्वकर्मा सिफारिस भएका छन् ।

समावेशी सिद्धान्तलाई ध्यानमा राख्दै महिला, दलित, आदिवासी–जनजाति, मधेसी, मुस्लिम तथा अन्य समूहबाट प्रतिनिधित्व हुनेगरी नाम सिफारिस गरिएको एमाले बाँकेका अध्यक्ष निरक गुरुङ्गले जानकारी दिए ।

पार्टी अध्यक्ष गुरुङ्गले गत शुक्रबार उक्त सिफारिस केन्द्र पठाएका हुन् । समानुपातिक प्रणाली अन्तर्गत सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले उम्मेदवार छनोट गरी केन्द्रमा पठाएको उनको भनाइ छ । प्रत्यक्षतर्फ सिफारिसका लागि भने एमाले बाँकेले केन्द्रको निर्णय पर्खेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अंग्रेजी नयाँ वर्ष २०२६ मा होटल कलपत्रुले सांगितिक साँझको आयोजना गर्ने

१३ पुष २०८२, आईतवार २१:१९
नेपालगञ्ज : होटल कलपत्रु नेपालगञ्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्सव सहित स्वागत गर्ने भएको छ । आगामी बुधबार बेलुका ८ बजे होटलको हलमा विशेष समारोहका बीच सांगितिक कार्यक्रम गर्न लागिएको आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा होटलका जनरल म्यानेजर लक्ष्मण पन्थीले सांगितिक कार्यक्रम पारिवारीक […]