Sadarline
२०८३ असोज २७ , मंगलबार

बाँकेका सरकारी कार्यालयहरु मंगलवारदेखि खुले



नेपालगञ्ज : बाँकेका सरकारी कार्यालयहरु मंगलवारदेखि खुलेका छन । कार्यालयमा भिडभाड नहुने गरी सेवा प्रवाह व्यवस्थित गर्ने गरी सरकारी कार्यालयहरु खुलेका हुन् । कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै बैशाख ९ गतेदेखि नेपालगञ्जका र बैशाख १३ गतेदेखि जिल्लाका सबै सरकारी, बैंक तथा वित्तिय संस्थाहरु बन्द थिए ।

भाइरस संक्रमणको जोखिम कम हुँदै गएपछि करिव दुई महिनादेखि बन्द रहेका बैंक तथा वित्तिय र सरकारी कार्यालयहरु आजदेखि खुलेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जोखिम कायमै रहेपनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यालयहरु खोलिएको जानकारी दिए ।

यस्तै दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक सामाग्री खरिद विक्रीका लागि विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म पसल व्यवसाय खुला भएका छन् । तर विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम केन्द्र भने खुल्ने छैनन् ।

प्रशासनले जारी गरेको निषेधाज्ञा भने यही असार १४ गतेसम्म कायमै रहने छ ।

प्रकाशित मिति : २०७८ असार ८ गते मंगलबार
ताजा समाचार