महासंघमा ३० जनाले गरे रक्तदान

सदरलाइन संवाददाता ६ पुष २०८२, आईतवार १८:४६
 

नेपालगञ्ज  : जाडो बढेसँगै उपचारका लागि रगतको अभाव हुन नदिने उंदेस्यले नेपाल पत्रकार महासंघ बाँकेले बृहद रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

महासंघको हलमा आयोजना गरिएको सो रक्तदान कार्यक्रम रेडक्रश रक्तसञ्चार प्रादेशीक कार्यालयको सहकार्यमा गरीएको हो ।

जाडोको समय तथा बाक्लो हुस्सुका कारण दुर्घटना बढी हुने भएकोले उपाचारमा रगतको कमी हुन नदिन रक्तादानको कार्यक्रम आयोजना गरिएको पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले जानकारी दिए ।


सो कार्यक्रममा ३० पत्रकार, सुरक्षाकर्मी तथा नागरिक समाज अगुवाहरुले रक्तदान गरेका छन ।

यसैबीच लागातार १ सय ६ पटक रक्तदान गर्ने पत्रकार महासंघ बाँकेका साधरण सदस्यसमेत रहेका पत्रकार पवन जयसवाललाई सम्मान गरिएको छ ।

उनलाई पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, पूर्व अध्यक्ष झलक गैरे, रुद्र सुवेदी लगायतले सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मन्त्री कुलमान घिसिङ र पुर्व मन्त्री खड्ग बस्नेत बीच भेटवार्ता

६ पुष २०८२, आईतवार १८:४६
परासी : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र पुर्व मंत्री एव लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेत बीच भेटवार्ता भएको छ ।नवलपरासीको विभिन्न आयोजनाको निरीक्षण आएका घिसिङले पूर्व मन्त्री एवं लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतको निवासमा भेट गरेको बस्नेतका स्वकीय सचिव मनोज न्यौपानेले जानकारी दिए। भेटका क्रममा मन्त्री […]