
नेपालगञ्ज : नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमारले प्रतिगामीहरू दोष मात्र देख्ने तर जिम्मेवार नभएका कारण जनतामा निराशा र आक्रोश भएको बताएका छन् । यद्धपी नेपालले जेनजीको नाममा भदौ २४ गते भएको लुटपाट र आजगनी गर्नेलाई छुट दिन नहुने तर्क राखे ।
‘समर्पणको भावना, देश बनाउने हुटहुटी र चिन्ता हुदैन, तबसम्म देश बन्ने अवस्थामा पुग्दैन । हामीलाई देश र जनताको चिन्ता छ ।’– उनले भने, ‘नेपालको राजनीतिलाई स्वच्छ बनाउने कामको अगुवाइ अब नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ ।’
नेपालले त्यहि एकता सन्देश दिन नेपालगञ्ज आएको बताए। बिगतको स्मरण गर्दै भाबुक बनेका नेपालले नेपालगञ्जसित आफनो गहिरो सम्बन्ध भएको सुनाए । नेपाली कम्युनिष्ट पार्टी बाँकेले बिहिवार नेपालगञ्जमा एकता सन्देश सभा सभाको सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले त्रिभुवन चौकमा आयोजना गरिएको एकता सन्देश सभालाइ सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

‘१६ दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी चम्किलो तारा झै चम्किरहेको छ। हामी कसैलाई दोषारोपण गर्नुभन्दा जनताको माझ आएका छौं। जनता नै अदालत हुन्। जनताले नै सही र गलतको फैसला गर्नेछन्।’–उनले भने । केन्द्रीय नेता शक्तिबहादुर बस्नेतले समाजवादी एक भएर नै एकता भएको बताउदै यो एकता अब बिभाजन नहुने बताए ।
उनले यो पार्टी एकता मात्र नभएर समग्रमा मुलुकलाई एकत्रित बनाउने एकता भएको सुनाए । ‘मुलुकलाई आन्तरिक द्वन्द्वबाट बचाउन एकले अर्कालाई गाली गरेर देश बन्दैन । त्यसैले सबै प्रदेशमा एकताको सन्देश पु-याउछौं। ’ उनले भने,‘ देश बनाउन देशलाइ माया गर्नुपर्छ । १६ पार्टी गणित मात्र होइन समाजवादी क्रान्तिको प्रतिनिधित्व हाे । जसले राष्ट्रहित विपरितका सबै कुरामा खबरदारी गर्दछ ।’
नरेन्द्रपाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा कर्णजित बुढा, केन्द्रीय सदस्य अन्जना चौधरी केन्द्रीय सदस्य अब्दुल हुसेन वडा अध्यक्ष याकुब अन्सारी लगाएतले बोलेका थिए ।



