‘कानून र पत्रकारिता: अभिमुखीकरण कार्यक्रम’ नेपालगञ्जमा सम्पन्न

सदरलाइन संवाददाता २१ मंसिर २०८२, आईतवार १८:०९
 

नेपालगञ्ज : उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब ज्ञवालीले डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक देखिएको बताएका छन् । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना तथा उच्च अदालत बार नेपालगञ्ज र बाँके जिल्ला अदालत बार एसोसिएसनको सहकार्यमा आज नेपालगञ्जमा आयोजना गरिएको ‘कानून र पत्रकारिता: अभिमुखीकरण कार्यक्रम’ को उद्घाटन गर्दै न्यायाधीश ज्ञवालीले डिसइन्फर्मेसन र मिसइन्फर्मेसनले समाजलाई दिग्भ्रमित गर्ने भएकोले पत्रकारहरुले सजग भएर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए।

उनले अदालत सम्बन्धि सही सूचना सम्प्रेषण गर्नु पत्रकारहरुको धर्म रहेको बताए । सही सूचना सम्प्रेषण नहुँदा त्यसले जनतामा भ्रम पैदा गर्ने ज्ञवालीको भनाई छ । सही सूचनाले मात्र जनतालाई सुसूचित गर्ने अधिकार स्थापित गर्ने उहाँले बताए । उनले अहिले तथ्यगत सूचना भन्दा पनि मिसइन्फर्मेसन र डिसइन्फर्मेसन चुनौती बनेको बताए । ज्ञवालीले अदालतसंग जोडिएका सवालमा तथ्यगत समाचार सम्प्रेषण गर्न आग्रह गरे । ज्ञवालीले अदालती टर्मिनोलोजी केही फरक हुने भएकाले पत्रकारले त्यसबारेमा ज्ञान राख्नैपर्ने बताए ।


नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारलाई अदालती रिपोर्टिङबारे ज्ञान हुन जरुरी रहेको बताएका थिए । उनले अदालती ज्ञान नहुँदा जनतामाझ फरक सूचना जाने गरेको तथ्य प्रस्तुत गरे । बिधागत पत्रकारिताका लागि यस्ता अभिमुखीकरण महत्त्वपूर्ण रहेको उनको भनाई थियाे । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले कानुनको बारेमा पत्रकारहरुको क्षमता बढाउन अभिमुखीकरण गरिएको बताए । उनले यो कार्यक्रमले कानुनी रिपोर्टिङमा पत्रकारलाई थप ज्ञान हासिल हुने बिश्वास व्यक्त गरे । उच्च अदालत बार नेपालगन्जका अध्यक्ष चित्र बहादुर शाहीले अभिमुखीकरण कार्यक्रमले कानुनी रिपोर्टिङमा पत्रकारहरुलाई सहज हुने बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता लोक बहादुर शाहले सञ्चारसँग सम्बन्धित प्रचलित कानुनहरू, अधिवक्ता प्रहलाद बहादुर कार्कीले पत्रकारिता र कानुनी आधारभूत ज्ञान तथा अदालती रिपोर्टिङका बारेमा अधिवक्ता विकास आचार्य सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा चार दर्जन बढी पत्रकारहरुको सहभागिता थियो । प्रमुख अतिथि ज्ञवालीले पानसमा बत्ती बालेर उद्घाटन गरेकाे कार्यक्रमलाइ पत्रकार महासंघ बाँकेका सचिव कृष्ण ओलीले सन्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपागञ्जमा भन्सार कार्यालयमा मुल्याङ्कन डाटाबेस प्रणाली सुरु

२१ मंसिर २०८२, आईतवार १८:०९
नेपालगञ्ज : नेपालगञ्ज भन्सार कार्यालयले मुल्याङ्कन डाटाबेस प्रणाली सुरु गरेको छ । आईतबार अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सन्दर्भ मूल्यसूची विस्थापन हुनेगरी भन्सार कार्यालयहरूमा अनलाइन भन्सार डाटाबेस प्रणालीको शुभारम्भ गरेका हुन् । सो अवसरमा मन्त्री खनालले अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रूपमा रहेको निजी क्षेत्रलाई सुरक्षा र सुशासनको प्रत्याभूतिसहित व्यवसाय सञ्चालनको वातावरण बनाउन सरकार प्रतिबद्ध […]