एमालेको मतदान स्थगित

सदरलाइन संवाददाता १ पुष २०८२, मंगलवार २२:०१
 

नेपालगञ्ज : नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत तय गरिएको मतदान प्राविधिक समस्याका कारण स्थगित भएको छ । निवर्तमान महासचिव शंकर पोखरेलका अनुसार आजका लागि निर्धारित मतदान स्थगित गरी भोलि बिहान ८ बजेदेखि मतदान सुरू गरिनेछ ।

आज राति ९ बजेदेखि मतदान गर्ने कार्यतालिका रहे पनि अन्तिम समयमा आएर विद्युतीय मतदान मेसिनमा देखिएको प्राविधिक समस्याका कारण प्रक्रिया रोकिएको हो । मतदानमा सहभागी हुन प्रतिनिधिहरू करिब दुई घण्टाअघिदेखि लाइनमा बसेका थिए ।


यसअघि आज बिहान १० बजेदेखि मतदान सुरू गर्ने भनिए पनि उम्मेदवारहरूको विवरण विद्युतीय मेसिनमा प्रविष्ट गर्दा समस्या देखिएको बताइएको छ । सुरूमा उम्मेदवारको नाम अल्फाबेटिकल अर्डर मिलानमा समस्या आएको र त्यसपछि फन्टसम्बन्धी प्राविधिक जटिलता देखिएपछि मतदान प्रक्रिया अघि बढाउन नसकिएको निर्वाचन व्यवस्थापन पक्षले जनाएको छ ।

मतदान स्थगित भएसँगै प्रतिनिधि तथा उम्मेदवारहरू आ–आफ्नो स्थानतर्फ फर्किएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके क्षेत्र नम्बर ३ बाट प्रत्यक्षमा १० जनाको नाम सिफारिस

१ पुष २०८२, मंगलवार २२:०१
नेपालगञ्ज : नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि बाँके क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् । बाँके क्षेत्र नम्बर ३ प्रदेश समितिले सभापति पुनलाई प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेको क्षेत्रीय सभापति मोहम्मद नकी खाँले बताए । सभापति पुनको नाम यसअघि रोल्पाबाट […]