मानव अधिकार रक्षकहरु नै असुरक्षित

सदरलाइन संवाददाता २३ मंसिर २०८२, मंगलवार १७:४९
 

नेपालगञ्ज : मानव अधिकार रक्षकहरुमाथि नै असुरक्षा बढेको भन्दै चिन्ता ब्यक्त गरिएको छ । हरेक बर्ष ९ डिसेम्बरमा मनाइने बिश्व मानव अधिकार रक्षक दिवसका सन्दर्भमा आज नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा अरुको अधिकारका बारेमा बोलिदिने मानव अधिकार रक्षकहरु नै असुरक्षाको सामना गर्दै पीडित बनेको भन्दै चिन्ता ब्यक्त गरिएको हो ।

नेपाल पत्रकार महासंघ बाँके, नेपालगञ्ज उच्च अदालत बार एशोसिएसन, राष्ट्रिय मानव अधिकार आयोग, एड्भोकेसी फोरम नेपाल, इन्सेक नेपालगञ्ज लगायतका बिभिन्न अधिकारवादी संघसंस्था आवद्ध मानव अधिकार संजाल नेपालगञ्जको आयोजनामा ुबदलिँदो परिस्थितिमा मानव अधिकार रक्षकका चुनौति, अधिकार र सुरक्षा’ बिषयक अन्तरक्रिया कार्यक्रममा मानव अधिकार रक्षकहरू सामान्य अवस्थामा पनि जोखिममा पर्दै गइरहेको अवस्था चित्रण गरिएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले मानव अधिकार रक्षकले आफ्नो भूमिका, निष्पक्षता र तटस्थतालाई ध्यान दिँदै कर्तब्य निभाउनुपर्ने आवश्यकता समेत औंल्याएका छन् । नेपालगञ्ज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष चित्र बहादुर शाहीको अध्यक्षता एवम् राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय प्रमुख द्वारिका कुमारी अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राज्यले मानव अधिकार रक्षक ऐन समेत निर्माण गरेर कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिइएको छ ।


कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय प्रमुख अधिकारी, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङ, बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल बारका पूर्व उपाध्यक्ष प्रल्हाद बहादुर कार्की, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठ, अधिकारकर्मी निर्मला सुनार, द्वन्दपीडित महिला चन्द्रकला उप्रेति, अपांगता भएका ब्यक्तिहरुको तर्फबाट विनोद थापा, यौनिक तथा लैंगिक अल्पसंख्यकको तर्फबाट परिना चौधरी लगायतले बोलेका थिए ।

इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महतले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको कार्यक्रमको सहजीकरण अधिबक्ता बसन्त गौतमले गरेका थिए । अन्तरक्रिया कार्यक्रम पूर्व बिपी चोकमा प्ले कार्ड प्रदर्शन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रविधिबाट हुने हिंसा रोक्न सचेत हुनु पर्छ : सामाजिक विकास मन्त्री तिमिल्सेना

२३ मंसिर २०८२, मंगलवार १७:४९
नेपालगञ्ज : लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले लैङ्गिक हिंसाको स्वरुप परिवर्तन हुँदै गएको सन्दर्भमा प्रविधिका कारण हुने लैङ्गिक हिंसा प्रति संवेदनशील हुनु पर्ने बताएका छन् । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको महिला समुत्थान परियोजनाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा नेपालगञ्जमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले […]