निर्वाचनको बाताबरण सरकारले बनाओस एमाले निर्वाचनबाट भाग्दैन : एमाले महासचिव पोखरेल

सदरलाइन संवाददाता २९ कार्तिक २०८२, शनिबार १७:२६
 

नेपालगञ्ज : नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनसंग डराउने पार्टी नभएको बताएका छन् । उनले एमाले बाँकेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।

उनले गत भदौ २३ र २४ को घटनापछि आगजनीमा परेको एमाले बाँकेको पार्टी कार्यालय पुननिर्माण गरी हस्तान्त्रण तथा जनसभालाई सम्बोधन गर्दै एमाले जनातासंग डराएर भाग्ने पार्टी नभएको स्पष्ट पारेका हुन ।

महासचिव पोखरेलले एमाले जनताको रोजाईको पार्टी भएको कुरामा जोड दिदै एमाले निर्वाचनसंग डराएर नभाग्ने तर, सरकार नै निर्वाचनको लागि तयार नभएको आरोप समेत लगाउदै भने–‘ सरकारले निर्वाचनको बाताबरण बनाउन सकेको छैन । फागुण २१ मा निर्वाचन हुने अवस्था नै नभए पनि जनतालाई झुक्काउने निर्वाचनको कुरा नगरौ भनेको हो । सरकार बताबरण तयार गरोस हामी अग्रपङ्गतीमा आउने छौ ।’

उनले गत भदौ २३ र २४ गते भएको आगजनी, लुटपाट तथा तोडफोडको घटनाको सघन जाँच तथा छानविन गरी सो घटनामा संलग्नहरुलाई राज्यद्रोहको मुद्दा लगाउनु पर्ने, प्रहरीका लुटीएका हतियार, गोली, तथा पोषाक फिर्ता हुनु पर्ने र भगाईएका कैदिबन्दीहरुलाई पुनः कारागार पठाउने गरी बर्तमान सरकारले चुनावको बाताबरण निर्माण गरेमा एमाले राजी खुशीका साथमा चुनावमा जाने स्पष्ट पारे ।

उहाँले एमाले जनताको पार्टीहो र जनताको माया अझै पनि एमालेसंग छ भन्ने प्रमाणित गर्नको लागि मंसिर २७ गते काठमाडौमा गरिने जनसभाले प्रमाणित गर्ने कुरामा जोड दिए । उनले भने–‘ एमाले संग जनता छैनन भनेर कुर्लनेहरुका लागि हामीले मंसिर २९ गते काठमाण्डौमा आयोजना गरिने जनशभालाई हेर्न आउन अनुरोध गर्छु ।’

एमाले महासचिव पोखरेलले गत भदौ २३ र २४ गतेको घटनामा घुसपैठ गरी विध्वंश मच्चाउनेहरुलाई छानविनको दायरामा ल्याएर सरकारले नै निर्वाचनको बताबरण बनाउनु पर्नेमा सरकारले नै जनाधार भएका राजनीतिक दललाई उपेक्षा गरेको आरोप लगाए ।


उनले भने–‘ हामी फेरी पनि सरकारलाई भन्छौ तोकिएको समयमा निर्वाचन हुने हो भने बताबरण बनाउन पनि तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई कारवाहीको दायरामा ल्याउदै लुटिएका हतियार, गोली, प्रहरीको पोषाक र जेलबाट भागेका अपराधिक मनोबृत्तिका कैदीबन्दीलार्इं नियन्त्रणमा लिनै पर्छ । नत्र कुनै बेला तत्कालिन ज्ञानेन्द्रले पनि निर्वाचन गराएकै थिए ।’

उनले राजनीतिक दलले केही गरेनन भन्ने भाष्य जबरजस्ती उछालिएको बताए । उनले भने–‘ यहाँ नयाँ पुस्तालाई राजनीतिक दलले केही गरेन भन्ने भाष्य जबरजस्त स्थापित गर्न खोजिएको छ । देशमा भएका संरचना, राजमार्ग, खानीको खाजी अन्वेषण कसले र कसरी भयो त ।’ उनले एमाले सरकारमा गएको बेलामा गाउसम्म विकासको बजेट पठाएको, हुलाकी सडक निर्माण सम्पन्न, सुरुङ्गमार्ग निर्माण तथा ग्याँसको उत्खनन जस्ता थुप्रै कामहरु गरेको दाबी समेत गरे ।

एमाले बाँकेका अध्यक्ष निरक गुरुङ्गको अध्यक्षतामा सम्पन्न जनसभामा गत भदौ २४ मा आगजनीमा परेर ध्वस्त भएको पार्टी कार्यालय बाँकेका संगठित सदस्यहरुको आर्थिक सहयोगले १२ लाखका लागतमा पुननिर्माण गरी सञ्चालनमा ल्याउन हस्तान्त्रण गरिएको थियो । जनसभा नेपालगञ्जको पुष्पलाल चोकबाट सुरु भएर सुर्खेतरोड हुदै पार्टी कार्यालयमा पुगेर जनशभामा परिणत भएको थियो ।

पार्टी सचिव बलराम भट्टराईले सञ्चालन गरेको सो सभालाई एमाले बाँकेका उपाध्यक्ष रत्न खत्री, क्षेत्रीय संयोजकहरु शमरबहादुर खत्री, भास्कर काफ्ले र कुष्माखर बस्यालले सम्बोधन गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ट्रम्पले प्यानोरामा एडिटमा बीबीसीविरूद्ध मुद्दा हाल्ने

२९ कार्तिक २०८२, शनिबार १७:२६
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीले प्यानोरामा एडिट मामिलामा माफी मागेपछि पनि कानुनी प्रक्रियामा जाने भएका छन् । शुक्रबार बेलुका पत्रकारहरूसँगको कुराकानीमा उनले अर्को साता बीबीसीविरूद्ध एक अर्बदेखि पाँच अर्ब डलरसम्मको मुद्दा दायर गरिने बताएका छन् । यस विषयमा हप्तान्तमा बेलायतका प्रधानमन्त्री कियर स्टार्मरसँग कुरा गर्ने ट्रम्पको तयारी छ । शुक्रबार […]