नेपालगञ्जका सञ्चारकर्मी अन्सारीलाई पित्रृ शोक

सदरलाइन संवाददाता ७ मंसिर २०८२, आईतवार १२:४९
 

नेपालगञ्ज : सार्क जर्नालिष्ट फोरम नेपाल च्याप्टर सम्मेलन तयारी समिति सह–संयोजक तथा सामुदायिक रेडियो प्रसारक संघ (अकोरोब) का केन्द्रीय सदस्य मोहम्मद आरिफ अन्सारीलाई पित्रृ शोक परेको छ ।

उनका पुजनिय बुवा हाजी अजीज अहमद अन्सारीको आजराती १२ः३० बजे ८९ वर्षको उमेरमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–३ फुलवारी मस्जिद मार्गस्थित आफ्नै निवासमा देहान्त भएको हो ।

लामोे समयदेखि समाज सेवा र व्यवसायमा संलग्न रहेका अन्सारी केही समययता बढ्दो उमेरका कारण अशक्त भई अस्पताल तथा घरमा स्वास्थ्य लाभ गर्दै आएका थिए । उनका दुई छोरा छोरी र नातीनातिना रहेका छन् । उनका जेठा छोरा मो. हासिम अन्सारी अमन ज्वैलर्सका सञ्चालक सैगै सुनचाँदी व्यवसायी संघ नेपालगञ्जका पदाधिकारी हुन ।


पारिवारिक स्रोतका अनुसार उनको अन्तिम संस्कार (तद्फीन ) २०८२ साल मंसिर ७ गते, दिन आइतवार (जोहर नमाजपछि ) १ः०० बजे नेपालगञ्ज–४ स्थित स्थानीय कब्रिस्तानमा हुने छ ।

यसैबीच सार्क जर्नालिष्ट फोरमका अध्यक्ष राजु लामा र महासचिव अब्दुर रहमान र नेपाल च्याप्टर सम्मेलन तयारी समितिका संयोजक रुद्र सुवेदीद्वारा शोक सन्देशमा दिवंगत बुवाको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण र सोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।

यसैगरी नेपाल प्रेस युनियन बाँकेका सचिव भिष्म लोधद्वारा विज्ञप्ती जारी गरी शोकको घडिमा अन्सारी परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस संगै सोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मिडियाको अन्तराष्ट्रिय संस्था जिएफएमडीको उपाध्यक्षमा नेपालका पन्त

७ मंसिर २०८२, आईतवार १२:४९
काठमाडौँ :  ग्लोबल फोरम फर मिडिया डेभलपमेन्ट जिएफएमडीले नेपालका प्रतिष्ठित मिडिया अधिकारकर्मी लक्ष्मणदत्त पन्तलाई उपाध्यक्षमा निर्वाचित गरेको छ । यससँगै विश्व मञ्चमा नेपालको मिडिया क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धि स्थापित भएको छ । गत मंसिर ४ गते मलेसियाको क्वालालम्पुरमा ग्लोबल इन्भेस्टिगेटिभ जर्नालिज्म कन्फरेन्सका दौरान बसेको जिएफएमडी स्टीयरिङ कमिटीको पहिलो बैठकले पन्तलाई […]