क्रियाशिल पत्रकार महिला बाँकेको १८औं वार्षिकोत्सव सम्पन्न

लक्ष्मी तिमिल्सेना २९ कार्तिक २०८२, शनिबार १५:०२
 

नेपालगञ्ज :  क्रियाशिल पत्रकार महिला बाँकेले आफ्नो १८औं वार्षिकोत्सव शनिबार नेपालगञ्जमा एक विशेष कार्यक्रमबीच सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष सावित्री गिरीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष रामकला खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महिला पत्रकारिताको विकास, चुनौती र आगामी दिशाबारे छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रीय अध्यक्ष रामकला खड्काले पत्रकारितामा महिलाको अर्थपूर्ण सहभागिता बिना महिलाका मुद्दाहरूले प्राथमिकता नपाउने बताइन्उ । उनले भनिन्,–‘जबसम्म सञ्चारमाध्यमका नीति–निर्माण तहमा महिलाको उपस्थिति बलियो हुँदैन, तबसम्म महिलाका सवालहरू ओझेलमा परिरहन्छन् । त्यसका लागि महिला पत्रकारको सक्रियता र नेतृत्व विकास अपरिहार्य छ ।’


नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य झलक गैह्रेले पछिल्लो समय पत्रकारिता पेशालाई पत्रकार स्वयंले नै कमजोर बनाइरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने,–‘पेशाको साख जोगाउने जिम्मेवारी हाम्रै हो । हामीले आचारसंहिता र व्यावसायिकतालाई बलियो बनाउँदै अघि बढ्नुपर्छ । महिला मुद्दालाई अघाडि ल्याउने हो भने पत्रकारितामा महिला सहभागिता अपरिहार्य छ । पत्रकारितामा महिलाहरुको उपस्थिती कमजोर भयो भने महिलाका मुद्दा कमजोर हुनेछन् ।’

सोही अवसरमा संस्थाले बाँकेका महिला पत्रकारका गतिविधि र सिर्जनाहरू समेटिएको स्मारिका ‘हाम्रो आवाज’ को विमोचन पनि गरेको थियो ।

वार्षिकोत्सवको अवसरमा आयोजित भेलामा महिला पत्रकारहरूले भोग्नुपरेका चुनौतीबारे पनि छलफल भएको थियो । सहभागीहरूले कार्यस्थलमा हुने लैङ्गिक विभेद, सुरक्षा चुनौती, पारिश्रमिकमा असमानता र नेतृत्व तहमा अवसरको कमी जस्ता समस्याहरू अझै कायम रहेको बताएका थिए । उनीहरूले व्यावसायिक क्षमता अभिवृद्धिका लागि तालिमको अवसर र सञ्चार गृहहरूमा महिला–मैत्री नीति हुनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचनको बाताबरण सरकारले बनाओस एमाले निर्वाचनबाट भाग्दैन : एमाले महासचिव पोखरेल

२९ कार्तिक २०८२, शनिबार १५:०२
नेपालगञ्ज : नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनसंग डराउने पार्टी नभएको बताएका छन् । उनले एमाले बाँकेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन । उनले गत भदौ २३ र २४ को घटनापछि आगजनीमा परेको एमाले बाँकेको पार्टी कार्यालय पुननिर्माण गरी हस्तान्त्रण तथा जनसभालाई सम्बोधन गर्दै एमाले जनातासंग […]