
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकाले पालिकामा रहेका सामाजिक सुरक्षा भत्ताका लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेको छ ।
चालु आर्थिक बर्ष २०८२/०८३ को प्रथम त्रेमासिक अन्र्तगत साउनदेखि असोजसम्मको भत्ता वितरण गर्न सुरु गरेको पालिकाले जनाएको छ ।
पालिका मै बैंकका कर्मचारी पुगेर भत्ता वितरण गरिरहेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए । उनका अनुसार नागरिकलाई सहजकताका लागि बैंकका कर्मचारीहरु गाउँमै आएर भत्ता वितरण गरिरहेका छन ।

अध्यक्ष चौधरीले भत्ता वितरण प्रक्रियामा बैंिकङ लगायत प्राविधिक समस्याले स्थानीयको घर घरमै पुगेर वितरण गर्न नसक्नु दुखद कुरा भएको भन्दै त्यसको विकल्पमा बैंकलाई गाउँमै बोलाएर वितरण गर्न लागेको बताए ।
पालिकाको वडा नं. १, २, ५ र ६ का नागरिकलाई वडा कार्यालय, वडा नं. ३ र ४ का नागरिकलाई पालिकाको कार्यालयमार्फत भक्ता वितरण गरिने सूचना प्रविधी अधिकृत शुरेस बर्माले जानकारी दिए । उनका अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक र ज्योती विकास बैंकमार्फत सामाजिक सुरक्षा भक्ता वापतको रकम वितरण गरिएको छ ।
डुडुवाको १ देखि ६ वटा वडासम्म करिब चार हजार एक सय ७५ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने पालिकाका एमआइएस अपरेटर कौशलकुमार कैरातीले बताए । उनका अनुसार जेष्ठ नागरिक, दलित, एकल, विधुवा, पुर्ण अपागंता भएका व्यक्ति र जन्मेदेखि ५ वर्ष मुनिका दलित बालबालिकालाई सरकारले तोकेको रकम वितरण गरिनेछ ।


