आगजनीमा परेको मालपोत कार्यालय बाँकेको सेवा नयाँ भवनबाट आंशिक रुपमा सुचारु

सदरलाइन संवाददाता २४ कार्तिक २०८२, सोमबार १८:३२
 

नेपालगञ्ज : गत भदौ २३ र २४ मा भएको आन्दोलनका क्रममा गम्भीर क्षति व्यहोरेको बाँकेको भूमिसुधार तथा मालपोत कार्यालयले पुनः सेवा थालेको छ । जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी, तोडफोड र लुटपात हुँदा भौतिक संरचना र महत्त्वपूर्ण अभिलेखहरू जलेर नष्ट भएका थिए ।

हाल कार्यालयले नेपालगञ्ज–९ स्थित विद्युत प्राधिकरण नजिकैको नयाँ भवनबाट आंशिक सेवा सुचारु गरेको हो । आगजनीमा अभिलेखहरू नष्ट भएकाले कार्यालयले ती विवरणहरू पुनः संकलन गर्ने प्रयास थालेको छ । यसै क्रममा, कार्यालयले सोमबार (आज) एक सार्वजनिक सूचना जारी गरेको छ ।


उक्त सूचनामार्फत, विभिन्न निकायहरूले घरजग्गा रोक्का राखेको भए त्यसको विवरण उपलब्ध गराउन आग्रह गरिएको छ । अदालत, बैंक, वित्तीय संस्था, सहकारी, अख्तियार, प्रहरी, आन्तरिक राजश्व, स्थानीय तह, ऋण असुली न्यायधिकरण, बीमा, सञ्चय कोष, नागरिक लगानी कोष लगायत अन्य संघ–संस्थाहरूलाई आफ्नो रोक्का सम्बन्धी अभिलेख बुझाउन भनिएको छ ।

कार्यालयले धितो बन्धक वा अन्य कुनै कारणले रोक्का गरिएका घरजग्गाको विवरण उपलब्ध गराएर अभिलेख अद्यावधिक गर्ने कार्यमा सहयोग पु¥याउन सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ५ हजार बढी नयाँ मतदाता थपिए, अधिकांश युवापुस्ता

२४ कार्तिक २०८२, सोमबार १८:३२
नेपालगञ्ज : आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाँकेमा ५ हजार २ सय बढी नयाँ मतदाता थपिएका छन् । जेनजी आन्दोलनपछि गत ६ असोजदेखि सुरु भएको मतदाता अद्यावधिक कार्यबाट २१ कात्तिकसम्म ५ हजार २ सय ३१ नयाँ मतदाता थपिएका हुन् । गत २३ र २४ भदौमा भएको परिवर्तनपछि नयाँ […]