नापी कार्यालय नेपालगञ्जबाट सेवा सुरु

सदरलाइन संवाददाता ४ मंसिर २०८२, बिहीबार १०:५१
 

नेपालगञ्ज : जेनजीको आन्दोलनका क्रममा नापी कार्यालय बाँकेमा गरिएको तोडफोड र आगलागीका कारण अवरुद्ध भएको सेवा बुधबारदेखि पुनःसञ्चालन भएको छ ।

नापी कार्यालय नेपालगञ्ज बाँकेले सार्वजनिक गरेको सूचनामा भौतिक संरचना तथा महत्वपूर्ण कागजातहरू आगलागीमा नष्ट भएकाले केही सेवामा ढिलाइ हुन सक्ने उल्लेख गरिएको छ ।

जारी सुचना अनुसार निल्स र डिजिटल डाटामा सुरक्षित रूपमा प्रविष्ट भएका विवरणका आधारमा सेवा प्रदान गर्न सम्भव हुने भएकाले सेवाग्राहीले सोही अभिलेखमा रहेका विवरण अनुरूप सेवाहरू प्राप्त गर्न सक्नेछन् । तर ती दुवै प्रणालीमा प्रविष्ट नभएका अभिलेखका सेवामा केही समय लाग्न सक्ने बताइएको छ ।


जेनजीको आन्दोलनका क्रममा कार्यालय भवन आंशिक क्षति भएको र प्राविधिक अभिलेख समेत जलेर नष्ट भएको कारण तत्काल सबै सेवा सुचारु गर्न चुनौती भने रहेको नापी कार्यालयका निमित्त कार्यालय प्रमुख राजेन्द्र थापाले बताएका छन् ।

नापी कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख थापाले जारी गरेको सूचनामा क्षतिको अवस्थाबाट क्रमशः उकासिँदै सेवा पूर्ण रूपमा सामान्य अवस्थामा ल्याउने प्रयास भइरहेको उल्लेख गरिएको छ । नापी कार्यालयमा सेवा लिनुपर्ने सेवाग्राहीहरूले आवश्यक कागजातसहित तोकिएको मितिदेखि सेवा प्राप्त गर्न सक्ने कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज विश्व टेलिभिजन दिवस

४ मंसिर २०८२, बिहीबार १०:५१
नेपालगञ्ज : आज विश्व टेलिभिजन दिवस मनाइँदै छ। यो दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष नोभेम्बर २१ मा मनाइन्छ । निर्णय प्रक्रिया, जनमत निर्माण, शान्तिसुरक्षा तथा विकाससम्बन्धी विषयमा टेलिभिजनको बढ्दो प्रभावलाई मान्यता दिँदै राष्ट्रसङ्घको महासभाले सन् १९९६ को डिसेम्बर १७ मा यससम्बन्धी प्रस्ताव पारित गरेर यो दिवस मनाउने घोषणा गरेको हो […]