
नेपालगञ्ज : भारतको राजधानी दिल्लीमा आगामी नभम्बर २१–२२ मा आयोजना हुने अन्तर्राष्ट्रीय हिन्दी सम्मेलनमा सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष शशि भूषणलगायतका व्यक्तिहरु सम्मानित हुने भएका छन् ।
विश्वभर हिंदी भाषाको प्रचारको लागि क्रियाशिल चर्चित संस्था विश्व हिंदी परिषदद्वारा दुई दिने अंतर्राष्ट्रिय हिंदी सम्मेलनको आयोजना नया दिल्लीको विज्ञान भवनमा आयोजना गर्ने भएको छ ।
सो कार्यक्रममा विश्व भरका हिन्दी भाषा तथा अन्य भाषाका विद्वान, साहित्यकार र पत्रकारहरुले सहभागिता जनाउने भएको कार्यक्रममा सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष वरिष्ठ पत्रकार शशि भूषण कुमारसहितका व्यक्तिहरु सम्मानित हुने भएका हुन ।

सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष शशि भूषण लोकतंत्रको प्रथम धरतीको रुपमा परिचित वैशाली बिहारका हुन । उनी विश्व हिंदी परिषदको राष्ट्रिय कार्यकारिणीे सदस्य हुन ।
सो अंतर्राष्ट्रिय सम्मेलनमा उनीसंगै नीदरलैंडबाट डा. ऋतु शर्मा ननंन पांडे, युकेबाट वंदना खुराना, चीनबाट एसोसिएट प्रोफेसर डॉ. विवेक मणि त्रिपाठी, ऑस्ट्रेलियाबाट डॉ मृदुल कीर्ति, अमेरिकाबाट डॉ दुर्गा सिंहा ’उदार’ एवं कादम्बरी शंकर आदेश सहभगितासंगै सम्मानित हुने कार्यक्रम तय भएको छ ।
यसैगरी महात्मा गांधी केंद्रीय विश्वविद्यालय मोतीहारीका पूर्व कुलपति प्रो.संजीव कुमार शर्मा, पूर्व चंपारणबाट डॉ नंद किशोर साह, शिक्षाविद राहुल कुमार प्रभात, समाजसेवी बबीता राय एवं छात्र नेता आदिल प्रवेजलगायत अन्य देशका साहित्यकार पत्रकार तथा भाष विज्ञ पनि सहभागी हुने आयोजकले जनाएकोे छ ।


