बाँकेमा धान खरिदका लागि मूल्य निर्धारण, आइतबारबाट खरिद थालिने

सदरलाइन संवाददाता १८ कार्तिक २०८२, मंगलवार १८:३१
 
                                                                                                                                                                                                           फाइल फोटो

नेपालगञ्ज  :  बाँकेका किसानले यसवर्ष उत्पादन गरेको धान खरिदका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मूल्य निर्धारण गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङको अध्यक्षतामा मङ्गलबार बसेको प्राथमिक खरिद समितिको बैठकले मोटा धान प्रति क्विन्टल तीन हजार ४ सय ६३ रुपियाँ ८१ पैसा र मध्यम धान प्रति क्विन्टल तीन हजार ६ सय २८ रुपियाँ ३३ पैसामा खरिद गर्ने गरी मुल्य निर्धारण गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका प्रमुख रामशरण लामिछानेले मूल्य निर्धारणको काम गरिए पनि धान खरिदको लागि आन्तरिक तयारी गरी आइतबारबाट मात्रै किसानबाट धान खरिद सुरु गरिने जानकारी दिए ।


उनले भने–‘धान भण्डारणको गोदाम व्यवस्थापन लगायतका अन्य प्राविधिक काम सकेर आइतबारदेखि किसानबाट धान खरिद गर्ने तयारी गरेका छौं ।’

बैठकमा प्रमुख जिल्ला अधिकारी तामाङले किसानले बजारमा सरकारी मुल्य भन्दा कममा धान बिक्री गरिरहेको भन्दै छिटो धान खरिद थाल्न निर्देशन दिए ।

कम्पनीलाई बाँकेमा यस वर्ष मोटा धान १५ हजार क्विन्टल र मध्यम धान ५ हजार क्विन्टल किसानबाट खरिद गर्ने कोटा निर्धारण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संविधानले दिएको अधिकारमा संघीय सरकारले अंकुश लगाउन मिल्दैन : मुख्यमन्त्री आचार्य

१८ कार्तिक २०८२, मंगलवार १८:३१
दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले प्रदान गरेकाे अधिकारमा संघीय सरकारले अंकुश लगाउन नमिल्ने बताएका छन् । रेडियो नेपालको अन्तरसंवाद कार्यक्रममा कुराकानी गर्दै मुख्यमन्त्री आचार्यले एउटा सरकारले अर्को सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप गर्नु असंवैधानिक हुने बताएका हुन्। `संविधानसम्मत ढंगले संघ पनि चलोस्, प्रदेश पनि चलोस् र स्थानीय सरकार […]