नेपालगञ्ज म्याराथन र नेपालगञ्ज कन्क्लेभको तयारी सकियो

सदरलाइन संवाददाता ३ मंसिर २०८२, बुधबार १८:१६
 

नेपालगञ्ज :  धारा नेपालगञ्ज म्याराथनको ११औ संस्करण तथा नेपालगञ्ज कन्क्लेभको तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरीले ११औ धारा नेपालगञ्ज म्याराथन बिजेतालाई दुई लाख नगद र ट्रफि दिईने जानकारी दिए । महिला हाप म्याराथनको विजेताले पनि नगद ७५ हजार, पदक, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने बताए ।

पुरुष खुल्ला म्याराथन (४२१९५ किमी) तर्फ दोसो हुनेलाई एक लाख, तेस्रोलाई पचास हजार चौथोलाई २५ हजार, पाँचौलाई १५ हजार, छैठौलाई १० हजार नगद पुरस्कृत गरिने जानकारी दिए ।

उनले यो पटक म्याराथन पुरा गर्ने सबैलाई जनही नगद पाँचहजार नगद र भेट्रान ४५ वर्ष माथिका शीर्ष तीनलाई २५ हजार १५ हजार र १० हजार पुरस्कृत गरिने तयारी रहेको सुनाए ।

यसैगरी महिला हाफ म्याराथन (किमी) तर्फ दोसो स्थान हासिल गर्नेलाई ५० हजार, तृतीय हुनेलाई २५ हजार, चौथोलाई १५ हजार र पाँचौलाई १० हजार प्रदान गरिने छ ।


१० किमी खुल्ला पुरुष तथा महिला तर्फका शीर्ष तीन जनालाई सहजार हजार र १० हजारले पुरस्कृत गरिने, त्यस्तै पाँच किलोमिटर स्कूल स्तरीय छात्र एवं छात्रा दौडका शीर्ष तीन जनालाई नगद ५ हजार, तीन हजार र दुई हजार पदक र प्रमाणपत्र उपलब्ध गराईनेछ भने ह्वीलचेयरतर्फ तीन जनालाई पनि ५ हजार, ३ हजार र २ हजार प्रदान गरिने रेस डायरेक्टर चन्द्र गुरुङ्गले जानकारी दिए ।

उनले कर्पोरेट रन तर्फका शीर्ष तीन जनालाई पदक प्रमाणपत्र र सरपाहज उपहार प्याकेज प्रदान गरिने बताउदै सरप्राइज प्याकेज भने स्याराथन पछि घोषणा गरिने बताए । यस पटक नौलो प्रयास नेपालगञ्ज म्याराथनको ११औं संस्करणदेखि एक स्कुललाई नेपालगन्ज टफी प्रदान गरिने तयारी छ ।

स्वस्थ समाज निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको मुल्यांकन गर्दै एक विद्यालयलाई ट्रफीबाट सम्मान गरिने भएको आयोजकले जनाएको छ ।

यसैगरी सो अवसरमा नेपालगञ्ज कन्क्लेभको पनि तयारी पुरा भएको कन्क्लेभका निर्देशक जनक नेपालले जानकारी दिए । उनले डेढ दिनसम्म सञ्चालन हुने सो कार्यक्रममा विभिन्न विषय बस्तुमा सम्बन्धित क्षेत्रका विज्ञलाई सुन्न सकिने बताए ।

कार्यक्रममा टाईटल स्पोन्सर केएल दुगड समुहका महाप्रबन्धक प्रदीप छाजेड, शिखर प्लाई लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीय तहमा पठाइएको बजेट कटौती हुदैनन : मुख्यमन्त्री आचार्य

३ मंसिर २०८२, बुधबार १८:१६
दाङ :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवाप्रवाह छिटो र व्यवस्थित बनाउन संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले समान रूपमा ध्यान दिनुपर्ने बताएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल लुम्बिनी प्रदेश समितिका पदाधिकारीसँग बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा उनले जनतासँग प्रत्यक्ष सम्बन्धित काममा छिटोपन र सहजता अनिवार्य […]

सम्बन्धित