नवनियुक्त प्रहरी महानिरीक्षक कार्की भन्छन : प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्नेछु

सदरलाइन संवाददाता २७ कार्तिक २०८२, बिहीबार १८:२९
 

काठमाडौ : नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल बढाउँदै सरकार र आमजनसमुदायको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले गृह मन्त्रालयमा आज आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षको दज्र्यानी चिह्न लगाएपछि संक्षिप्त मन्तव्य राख्दै सङ्गठनमा सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन गरिने प्रतिबद्धता जनाएका हुन ।

‘अपराध र सुरक्षा चुनौतीहरुका पारस्पिरिक प्रवृत्तिमा भएको परिवर्तन, सूचना प्रविधिको द्रूततर विकास र सुशासनको जनअपेक्षाअनुरुपको उच्च मनोबलयुक्त प्रहरी चरित्र र क्षमता निर्माण गरी प्रभावकारी सेवा प्रवाह गर्नु सरकार र प्रहरी सङ्गठनको साझा दायित्व हो’, प्रहरी महानिरीक्षक कार्कीले भने ।


जेनजी आन्दोलनलगत्तैको सुरक्षा प्रतिकुलतामा पनि कुनै सुरक्षा रिक्तता हुन नदिई तत्काल नागरिकको सेवामा परिचालित भएको जानकारी गराराउँदै उनले छोटो समयमा प्रहरीका संरचना र सेवा पुनःस्थापनामा देखिएको सक्रियताले प्रहरीको भूमिका स्पष्ट भएको बताए ।

२८ वर्ष आफूले प्रहरी सङ्गठनमा निर्वाह गरेको भूमिकाको कदर गर्दै प्रहरी सङ्गठनको नेतृत्व गर्ने अवसर प्रदान गरेकामा उनले सरकारप्रति आभार प्रकट गरे ।

समारोहमा गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दज्र्यानी चिह्न प्रदान गरेका थिए । ३० वर्षे सेवा अवधि पूरा गरी प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ अनिवार्य अवकाशमा गएपछि सरकारले प्रहरी अतिरिक्त महानिरीक्षकमध्येबाट वरिष्ठतम् कार्कीलाई प्रहरी सङ्गठनको प्रमुख बनाउने निर्णय गरेको थियो ।

समारोहमा राष्ट्रिय अनुन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका उच्चपदस्थ कर्मचारी सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निवर्तमान महानिरीक्षक खापुङलाई उपत्यका छोड्न नपाउने गरी स्थान हद लगाउन पत्राचार

२७ कार्तिक २०८२, बिहीबार १८:२९
काठमाडौ : आजदेखि सेवाबाट निवृत्त भएका नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङलाई काठमाण्डौ उपत्यका छोड्न नपाउने गरि स्थानहद लगाउन पत्राचार गर्ने निर्णय गरिएको छ । गत भदौ २३ र २४ को जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले सो निर्णय गरेको हो । आयोगका प्रवक्ता विज्ञानराज शर्माले प्रेस विज्ञप्ति जारी गरी उनलाई गत भदौ […]

सम्बन्धित