नेपाल प्रिमियर लिग दोस्रो संस्करणको ट्रफी टुर कोहलपुर र नेपालगञ्जमा सम्पन्न

सदरलाइन संवाददाता १७ कार्तिक २०८२, सोमबार १५:५४
 

नेपालगञ्ज :  नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण सुरु हुनुपूर्व गरिएको ट्रफी टुर कार्यक्रम बाँकेका विभिन्न स्थानमा पनि गरिएको छ । ट्रफी टुर कार्यक्रम अन्र्तगत सोमबार बाँकेका ठूला दुई शहर कोहलपुर र नेपालगञ्जका विभिन्न स्थानमा लुम्विनी लायन्सको टिम ट्रफि सहित पुगेको थियो ।

एनपीएलप्रति सर्वसाधारणको समर्थन आर्जन गर्ने उद्देश्यले ल्याइएको ट्रफीलाई कोहलपुर चौराह, कोहलपुरको क्रिकेट मैदान, नेपालगञ्जको वागेश्वरी मन्दिर, मंगलप्रसाद मावि तथा नेपालगञ्ज रंगशालासम्म पु¥याइएको थियो ।

 आज बिहान कोहोलपुर चौराहामा कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता पौडेल, नेपाल क्रिकेट सङ्घका केन्द्रीय छनोट समितिका सदस्य तथा पूर्व कप्तान लेखबहादुर क्षेत्री तथा नेपाली महिला क्रिकेट टिमका पूर्व  उप कप्तान ममता थापाले संयुक्त रुपमा ट्रफीलाई स्वागत गरेका थिए ।

ट्रफीलाई स्वागत नेपाली महिला क्रिकेट टिमका पूर्व उपकप्तान ममता थापाले ट्रफी टुर नेपाली खेलकुद जगतमा पहिलोपटक भएको बताईन ।


उनले भनिन,–‘विश्व इतिहासको खेल जगतमा विश्वकप ट्रफीलाई पनि यसरी नै हरेक देश मा ट्रफी टुर गराउने अभ्यास चलेको छ । नेपाल प्रिमियर लिगको चर्चालाई अझै जनतासम्म पुर्याउनका लागि यस्तो खालको ट्रफी टुर गर्नु असाध्यै राम्रो हो । नेपाल विश्वकपमा छनौट भइसकेको छ । यस माहोलमा नेपाली क्रिकेटलाई अझै लोकप्रिय बनाउनका लागि यो ट्रफी टुले एकदमै राम्रो भुमिका खेलेको छ ।’

टिमका मेन्टर शक्ति गौचनले विभिन्न स्थानमा नागरिक, क्रिकेटप्रेमीहरूले भव्य स्वागत गरेको बताए । आयोजकका अनुसार आजै बर्दियाको गुलरिया पुगेर टुर समापन हुनेछ ।

एनपीएलको दोस्रो संस्करण सुरु हुनुपूर्व आयोजना गरिएको ट्रफी टुरले प्रतियोगिताप्रति नागरिकमा झनै चासो र कौतुहलता बढाएको गौचनले बताए ।

नेपाली पुरुष राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले पहिलो सिजनमा औसत प्रदर्शन गरेको थियो । यसपटक भने उपाधि जित्ने लक्ष्यसहित लुम्बिनी लायन्स दोस्रो संस्करणमा सहभागिताका लागि आतुर छ । एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि सुरु हुँदैछ ।

नेपाल प्रिमियम लिग (एनपीएल)को दोस्रो संस्करण सुरु हुनुपूर्व लुम्बिनी प्रदेशका विभिन्न सहरमा ट्रफी टुर कार्यक्रम गरिएको हो । एनपीएल टिम लुम्बिनी लायन्सको सक्रियतामा लुम्बिनीका विभिन्न २८ स्थानमा एनपीएल ट्रफी टुर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले बाँकेको आठौँ पूर्ण बैठकबाट ८ कार्यक्रम सार्वजनिक

१७ कार्तिक २०८२, सोमबार १५:५४
नेपालगञ्ज : नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँके जिल्ला कमिटीको आईतबार सम्पन्न छैठौं पूर्ण बैठकले आफ्ना निर्णय सार्वजनिक गरेको छ । बैठकले पार्टीभित्र आत्मसमिक्षा, अनुशासन, संगठन सुदृढीकरण र युवामुखी कार्यक्रमका विषयमा महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको हो । जिल्ला कमिटीका अध्यक्ष निरक गुरुङको अध्यक्षतामा बसेको बैठकले हालको राजनीतिक अवस्थाबारे समीक्षा गर्दै पार्टीभित्र […]