लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक: मंसिर ८ मा हिउँदे अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय

सदरलाइन संवाददाता २४ कार्तिक २०८२, सोमबार १८:०५
 


दाङ : लुम्बिनी प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन मंसिर ८ गते बस्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन मंसिर ८ गते सोमबारका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए।

‘प्रदेश मन्त्रिपरिषद् बैठक सम्पन्न भयो । बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ,’ प्रवक्ता पन्थीले भने, ‘संवैधानिक व्यवस्थाअनुसार सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।’


हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा स्थानीय तहका कर्मचारीहरूको सेवा-सुविधासम्बन्धी संशोधन गर्न बनेको विधेयक र लुम्बिनी अध्ययन अनुसन्धान प्रशिक्षण प्रतिष्ठान विधेयक दर्ता भइसकेका छन् । त्यसैगरी, दलित अधिकार सम्बन्धी विधेयक र बडघर सम्बन्धी विधेयक दर्ता गर्ने तयारी छ ।

त्यसैगरी विभिन्न समितिका प्रतिवेदनहरू र महालेखा परीक्षकको प्रतिवेदन पनि दर्ता भई हिउँदे अधिवेशनमा छलफलका लागि प्रस्तुत हुनेछन् । लुम्बिनीमा गत भदौ ३१ गते वर्षे अधिवेशन अन्त्य भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आगजनीमा परेको मालपोत कार्यालय बाँकेको सेवा नयाँ भवनबाट आंशिक रुपमा सुचारु

२४ कार्तिक २०८२, सोमबार १८:०५
नेपालगञ्ज : गत भदौ २३ र २४ मा भएको आन्दोलनका क्रममा गम्भीर क्षति व्यहोरेको बाँकेको भूमिसुधार तथा मालपोत कार्यालयले पुनः सेवा थालेको छ । जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी, तोडफोड र लुटपात हुँदा भौतिक संरचना र महत्त्वपूर्ण अभिलेखहरू जलेर नष्ट भएका थिए । हाल कार्यालयले नेपालगञ्ज–९ स्थित विद्युत प्राधिकरण नजिकैको नयाँ […]