कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरु

सदरलाइन संवाददाता २० कार्तिक २०८२, बिहीबार १६:१३
 

नेपालगञ्जकोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्यमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना प्रारम्भ गरेको छ।

बुधबार उक्त परियोजना सञ्चालक समितिको पहिलो बैठक सम्पन्न भएसँगै ८० लाख अमेरिकी डलर बराबरको पाँचवर्षे परियोजना बर्दियामा सुरु भएको हो।


कोइकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बैठकको अध्यक्षता सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सहसचिव नीता पोखरेल आर्याल तथा सह–अध्यक्षता कोइकाका देशीय निर्देशक कङ मुहोनले गरेका थिए।

बैठकमा बर्दियाका बरबर्दिया, बाँसगढी, बढैयाताल, गेरुवा, गुलरिया, मधुवन, राजापुर र ठाकुरबाबाका नगरप्रमुखहरू, बर्दिया राष्ट्रिय निकुञ्जका प्रतिनिधि तथा कोरियन इन्स्टिच्युट फर डेभलपमेन्ट स्ट्राटेजीका व्यवस्थापन परामर्शकर्ता टोलीका सदस्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेको ११ औं महाधिवेशन : कहाँ–कहाँबाट कसरी छानिदैैछन् २१२७ प्रतिनिधि

२० कार्तिक २०८२, बिहीबार १६:१३
नेपालगञ्ज : आगामी मङ्सिर २७–२९ सम्म काठमाडौँमा आयोजना हुने महाधिवेशनमा नेकपा (एमाले) को आसन्न ११ औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू कुन क्षेत्रबाट कति जनाले प्रतिनिधित्व गर्छन् भन्ने विषय पार्टीले स्पष्ट पारेको छ । सो महाधिवेशनमा २ हजार १ सय २७ जना प्रतिनिधि सहभागी हुने पार्टीले प्रष्ट पारेको छ । पार्टीले […]