
सुर्खेत : नेपाली सेनाको उत्तर–पश्चिम पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका जिल्लाका विभिन्न संचार माध्यममा आबद्ध रहेका सञ्चारकर्मीहरु सहभागी रहेको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुर्खेतमा सुरु भएकोे छ ।
उत्तर पश्चिम पृतना हेड क्वाटर सुर्खेतमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका ८ जिल्ला र लुम्बिनीका २ जिल्लामा विभिन्न सञ्चार माध्याममा आवद्ध आवद्ध २४ (चौबिस) जना सञ्चारकर्मीहरूको सहभागिता रहेको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी दिपेश जंग शाहले सहभागी सञ्चारकर्मीहरूलाई स्वागत गर्नुका साथै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।

चार दिनसम्म सञ्चालन हुने सो अभिमुखिकरण कार्यक्रममा नेपाली सेनाको सहठनात्मक स्वरूप, जिम्मेवरी तथा भूमिका एवं मुख्य गतिविहिरुका बारेमा जानकारी मूलक प्रस्तुतिकरण गरिएको थियो ।
नेपाली सेनाले विपद प्रतिकार्य तथा सामाजिक विषयहरुमा पुराउदै आएको कामको बारेमा जानकारी गराउदै नेपाली सेनाले समुदायमा पुराएको योगदानको बारेमा चर्चा गरिने छ ।



