बाँकेका किसानले उत्पादन गरेको धान सबै खरिद गर्न नसक्ने खाध्य व्यवस्था कम्पनीको भनाई

सदरलाइन संवाददाता २२ कार्तिक २०८२, शनिबार १८:०७
 

नेपालगञ्ज :  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका किसानले उत्पादन गरेको धान खरिदका लागि मूल्य निर्धारणसंगै कोटा लागू गरेपछि आफ्नो उत्पादन बिक्रि गर्न नपाउने चिन्ताले सताएको छ ।

यसवर्ष बाँकेमा अनुमानित १ लाख ५६ हजार २ सय मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिए पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २० हजार कुन्टल मात्र खरिद गर्ने भएपछि उनीहरुलाई आफ्नो उत्पादन विक्रि नहुने चिन्ताले सताएको हो ।

बाँके नरैनापुरका किसान त्रीभुवन यादवलाई यस वर्षको धान बिक्रि नहुने चिन्ताले सताएको छ । ‘उत्पादन बढेको छ । बाहिर व्यापारीले सरकारी मूल्यमा खरिद गर्दैनन राख्नलाई घरमा ठाउपनि छैन कसरी व्यवस्थापन गर्ने चिन्ताले सताएको छ’– उनले भने ।

उनले गतवर्षको तुलनामा यसवर्ष उत्पादन पनि बढेको अवस्थामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भण्डारण लगायतको समस्या देखाउदै सिमित कोटामा धान खरिद गर्ने भएपछि आफुहरु मर्कामा परेकोे बताए ।


बाँके राप्तीसोनारी ७ का किसान कालुराम थारुले धान बिक्रिका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड आईपुग्दा कोटा सकिएकोले धान खरिद नहुने भन्ने जवाफ पाएको बताए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका प्रमुख रामशरण लामिछानेले धान मूल्य निर्धारण गरि आइतबारबाट मात्रै किसानबाट धान खरिद सुरु गरिने जानकारी दिए । उनले कम्पनीले यस वर्ष मोटा धान १५ हजार क्विन्टल र मध्यम धान ५ हजार क्विन्टल किसानबाट खरिद गर्ने कोटा निर्धारण भएको बताए ।

उनले भने–‘ हामीले हाम्रो भण्डारण गर्ने क्षमताको आधारमा धान सरकारी मूल्यामा खरिद गर्ने हो । गत वर्षकै २० हजार कक्वीन्टल बढी चामल गोदाममा छ । त्यसको व्यवस्थापन हुन सकेको छैन । पहिलो चरणमा उपलब्ध कोटाको आधारमा धान खरिद गर्ने भएका हौ ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङको अध्यक्षतामा बसेको खरिद समितिको बैठकले मोटा धान प्रति क्विन्टल तीन हजार ४ सय ६३ रुपियाँ ८१ पैसा र मध्यम धान प्रति क्विन्टल तीन हजार ६ सय २८ रुपियाँ ३३ पैसामा खरिद गर्ने गरी मुल्य निर्धारण गरेको हो ।

जबकी यो मुल्यमा ब्यापारीले किसानको धान खरिद नगर्ने भएकोले किसान मर्कामा पर्ने भएका छन् । बाँकेमा उत्पादन अनुसारको धान खरिदका लागि कोटा बढाउन माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीका किसानहरु नेपालगञ्जमा प्रदेशस्तरीय सभा गर्दै

२२ कार्तिक २०८२, शनिबार १८:०७
नेपालगञ्ज : राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेशले किसान आन्दोलन कार्यक्रम अन्तर्गत भोलि आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन तथा जनसभा गर्ने भएको छ । नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका महामन्त्री महेन्द्र मल्लले नेपालगञ्जको एसके पेट्रोल पम्पदेखि शुरु हुने विशाल जुलुस प्रदर्शनमा नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंंघ तथा किसान सम्बद्ध […]