चीनले अमेरिका निर्यातमा लगाएको दुर्लभ खनिज प्रतिबन्ध आजदेखि हटायो

एजेन्सी २३ कार्तिक २०८२, आईतवार १५:३७
 

चीनले दुर्लभ खनिज अमेरिका निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। आइतबारदेखि नै लागू हुनेगरी चीनले दुर्लभ खनिज अमेरिका निर्यातमा लगाएको प्रतिबन्ध हटाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

चीनको वाणिज्य मन्त्रालयले आइतबार विज्ञप्ती जारी गरी त्यस्ता प्रतिबन्ध आजैदेखि फुकुवा गरिएको र २०२६ को नोभेम्बरसम्म लागु हुने जानकारी दिएको छ। यस ग्यालियम, जर्मेनियम, एन्टिमोनी निर्यातमा २०२४ सालदेखि प्रतिबन्ध लगाएको थियो। चीनले शुक्रबार अक्टोबर ९ मा लागू गरेको दुर्लभ पृथ्वी खनिज तथा लिथियम ब्याट्री सामग्रीमा लगाइएको अतिरिक्त नियन्त्रणहरू स्थगित गरेको थियो।


यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको व्यापार युद्धविराम सम्झौतापछि आएको हो। दक्षिण कोरियाको बुसानमा दुई नेताबीच वार्तापछि एक वर्षका लागि व्यापारिक तनाव शान्त पार्ने सहमति भएको थियो।

सम्झौताअनुसार चीनले एक वर्षका लागि अमेरिकातर्फ दुर्लभ खनिजहरूको निर्यात खुकुलो बनाउने र अमेरिकाबाट कृषि उत्पादन तथा आधुनिक चिप्स आयात गर्न दिने भनिएको छ। अमेरिकाले पनि चीनमाथि लगाउँदै आएको भन्सार दर १० प्रतिशतले घटाउने घोषणा गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार कम्पनीको लापर्वाहीले अलपत्र

२३ कार्तिक २०८२, आईतवार १५:३७
नेपालगञ्ज : सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार कम्पनीको लापर्वाहीले अलपत्र परेका छन् । रत्न राजमार्ग र पूर्व–पश्चिम राजमार्गमा निर्माण कार्यका लागि ठेक्का सम्झौता गरी काम नगरेका कारण योजना अलपत्र अवस्थामा रहेको सडक डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजन इञ्जिनियर नरेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार ठेकेदार कम्पनीले तोकिएको समयावधिमा […]